६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

शिवसताक्षी वडा – ८ मा कियाचु वडा कार्यसमिति गठन | kiratsamachar



दमक – झापाको शिवसताक्षी नगरपालिका वडा – ८ मा किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिती बुधवार गठन भएको छ ।

शिवसताक्षीमा सम्पन्न भेलाले सोम कुमार मेन्याङ्बोको अध्यक्षतामा १५ सदस्यीय वडा कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्ष दीपक सेर्मा सचिव सन्दीप लावती सहसचिव विक्रम नेम्बाङ कोषाध्यक्ष लिलामाया लिम्बू सहकोषाध्यक्ष चाहना लावती निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा डम्बर सेर्मा ,दिपक लावती ,किरण सेर्मा देवि प्रसाद लावती, फुलमाया सिगु ,देविमाया सेर्मा, प्रताप खापुङ ,तिलविक्रम नेम्बाङ , सोनि लिम्बु रहेको छ ।

कार्यक्रममा कियाचु शिवसताक्षी नगर अधिवेशन परापर्श समिति सहसंयोजक तथा जिल्ला सदस्य शिवकुमार मेन्याङवो, शिवसताक्षी नगरपालिका वडा न. ८ का वडा अध्यक्ष सन्त फेउदेन, नगर अधिवेशन आयोजक समिति सदस्य प्रेम सेर्मा लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १ : २४ बजे