किरात समाचार – महागुरु फाल्गुनन्दको चेला बलिराज इङ्नाम लिम्बूको निधन भएको छ ।
उनको शुक्रबार विहान ५:३० वजे ९६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
खाना नरुच्ने, मधुमेह बढेको कारण अस्वास्थ इङ्नाम केहि महिनादेखि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेका थिए । इङ्नामलाई पुनः बिरामिले च्यापेपछि उपचारको लागि झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा भर्ना गरिएको इङ्नामको शुक्रबार उपचारको क्रममा निधन भएको बताइएको छ ।
इङ्नामको पार्थिव शरीर आजै कनकाई माईमा ११:०० बजे किरात धर्म संस्कार अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले किरात समाचारलाई जानकारी दिए ।
झापाको अर्जुनधारा ११, सालबारी अवस्थित बसोबास गर्दै आएका इङ्नामको पाँच छोरा र एक छोरि छन् ।


