आदिवासीलाई सम्बोधन नगरे देश विकराल अवस्थामा पुग्नेः किरात धर्मगुरु

किरात समाचारः देश बनाउन नेताहरुलाई आग्रहका क्रममा अाज भदौ ३१ गते किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ले आदिवासी जनजातिहरुलाई सम्बोधन नगरे देश विकराल  अवस्थामा पुग्ने कुराको जोड दिंदै भन्नुभयो ‘ हामी जनजातिहरु सोझा छन्, दाया बाया गर्न जान्दैन एक पटक आदिवासीलाई नेतृत्व दिनुहोस ।’

शुक्रबार किरात धर्मगुरु निवासमा पूर्व भौतिक निर्माण तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ पनि आशिर्वाद माग्न पुगेका थिए । सोही क्रममा किरात धर्मगुरुले सो कुरा बताउनु भएको हो ।

किरात धर्मगुरुले थप्नुभयो, ‘सुबास नेम्बाङलाई देशको प्रधानमन्त्री दिएको भए एमाले यस्तो दुरगतिमा नआउने थियो ।’ बरु पार्टी फुटाउनुमा अगाडी देखिएको बताउनु भयो ।

किरात धर्मगरुले भन्नुभयो मैले केपी ओलिजी लाई पनि मन्त्री खानु भनेर आशिर्वाद दिएको हु । तर ,उहाले नबुझ्नु भएको कुराको स्मरण गराउनु भयो । उहाले भन्नु भयो ‘राष्ट्रले यस भूमिमा रहेका आदिवासीलाई सम्बोधन नगरे देशले अर्कै मोड लिने छ’।

नेपाल निकै संकटको अवस्थामा छ, उहाले भन्नुभयो अमेरिका, चिन र भारतको वीचमा रहेकोले नेताहरुले गम्भीर भएर सोच्न समेत आग्रह गर्नुभयो । मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने भएपछि किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन तथा गुरुआमा भेट दर्शन र आशिर्वाद माग्न नेताहरुको बाक्लो उपस्थिति हुन थालेको छ ।

भेटको क्रममा मन्त्री नेम्बाङले किरात धर्मगुरुलाई उपहारस्वरुप ढाका टोपी किरात धर्मगुरुलाई ओढाएका थिए ।

यसै क्रममा नेम्बाङले आशिर्वाद पत्र वाचन गर्नुहुदै गुरुको कुनैपनि योजना र लक्ष्यलाई आत्मासात गर्दै लैजाने कुराको जोड दिनुभयो ।उहाले गुरुलाई स्मरण गराउनु भयो पान्थरको फिदिममा आयोजित एक कार्यक्रममा मलाई आशिर्वाद दिनुभयो त्यही भएर मैले विभिन्न मन्त्री पाएको हु“ ।

मन्त्री नेम्बाङले भौतिक निर्माण तथा यातायात मन्त्री, सञ्चार तथा सुचना मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय र खानेपानी आपूर्ति मन्त्रालय समेत सम्हालि सकेका छन् ।

भेटदर्शन कार्यक्रममा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, उपाध्यक्ष होम लिङदेन, किरात धर्मका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, माङसेबुङ ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, गुरु आश्रम भौतिक निर्माणका कोषाध्यक्ष शेरबहादुर लाओती, माङसेबुङ ३ वडा सदस्य हस्तकुमारी राई, मन्त्री नेम्बाङका श्रीमति भूमिका नेम्बाङ,  किरात साम्जीक मुन्धुम निसामहिमका प्रअ ललितचन्द्र फियाक, माङगेन्ना सेवासमितिका पूर्व सचिव नन्दकुमार नेम्बाङलगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन भगिहाङ नेम्बाङ रानिटारे साइलाले गरेका थिए ।

आजै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पनि किरात धर्मगुरुलाई  भेटदर्शन गरेका छन् ।

तस्बीर सुमन लाओती नोमिङसो/किरात समाचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार