
कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा लिम्बु भाषाको गीत ‘मिक्किफुङ्’ सार्वजनिक गरिएको छ ।
कलाकार नुनाम केरुङ, अमृता जवेगु, रामचन्द्र नेम्बाङ र सागर केरुङ लगायतको अभिनय रहेको गीत ‘मिक्किफुङ्’ याक्थुङ फिल्म्स अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हालुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन गरिएको भिडियोमा सञ्जय आचार्यको छायांकन तथा सम्पादन, टिराम अधिकारीको प्रकाश ब्यवस्थापन र अमृता जबेगुको श्रृङ्गार रहेको छ ।
सागर केरुङको निर्माणमा प्रेम पन्धाकको शब्द तथा संगीत रहेको गीतलाई डिआर हाङ्सरुम्बा आवाज दिएका हुन् ।
याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीत एकदशक अगाडि सार्वजनिक गरिएको डिआर हाङ्सरुम्बाको गीति एल्वम ‘नादङ’मा समावेश गरिएको थियो ।
भिडियो हेर्नुहोस …