९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

पाँचथरमा जसपाका केन्द्रीय सदस्यसहित ५४ जनाद्वारा पार्टी परित्याग | kiratsamachar



पाँचथर – जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य प्रवीण नेम्बाङ , राजु शेर्मा र केन्द्रीय परिषद सदस्य मलिसा याक्थुङबा लगायत ५४ जना नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

शुक्रबार नामावली सूचि सहित राजीनामा पत्र जारी गर्दै ५४ जना नेताकार्यकर्ताहरुले जनता समाजवादी पार्टी  (जसपा) त्यागेको हो ।                                                              राजीनामा भनिएको छ पार्टी नेतृत्वमा स्वेच्छाचारिता हाबि भएको, संगठन निर्माणमा उदासिनता देखाएको र संगठनलाई बिसर्जनको बाटोतर्फ लगेको आरोप लगाउदै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

जसपा पार्टी परित्याग गर्नेमा पार्टीका केन्द्रीय परिषद समिति, प्रदेश समिति, लिम्बुवान राज्य समिति, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताहरु छन् ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ४३ बजे