किरात समाचार – माङसेबुङ गाउँपालिका वडा – ३ को शाखा कार्यालय भञ्ज्याङ्मा स्थापना गरेको छ । आइतबार माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले शाखा कार्यालय उद्घाटन गरि स्थापना गरिएको हो ।
माङ्सेबुङ – ३ नम्बर वडाको तल्लो भेगको वडाबासी सेवाग्राहीलाई हप्तामा दुइपटक बिहिवार र शुक्रबार सेवा प्रवाह हुने गरि भञ्याङमा शाखा कार्यालय विस्तार गरिएको वडा अध्यक्ष लछुमन राई (जनम) ले जानकारी दिए ।
शाखा कार्यालय बिहिवार र शुक्रबार मात्र खुल्ने वडा अध्यक्ष राईले बताए । उक्त शाखा कार्यालयबाट मनिपुर, लामिटार, बाघमारा, बाकेदुम्से, रतुवाबेंसी, भञ्ज्याङ र खलंगेका सेवाग्राही लाभान्वित हुनेछ ।
कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ माङसेबुङ वडा – ५ अध्यक्ष नरेन्द्र कुमार राई, माङ्सेबुङ गाउँपालिका प्रवक्ता सुसन रुङमाहाङ राई, कार्यपालिका सदस्य हस्त कुमारी राई लिम्बु, किरात चोत्लुङ मुहिङ्गुम अङ्सीमाङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङ, वडा सदस्य सु्य राई, सुशिला शसांकर, नेपाली कांग्रेस माङसेबुङ सभापति चन्द्र साम्बा, नेकपा एमाले माङसेबुङ गाउँपालिका कार्यवहाक अध्यक्ष मन कुमार साम्बा, जनता समाजवादी पार्टी माङसेबुङ प्रतिनिधि बिरेन लावती, राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुन सम्बाहाम्फे समाजसेवि होम लिङदेन, धनकुमार साम्बा, वडाकार्यालयका कर्मचारी मचिन्द्र योङहाङ, दिलु लिम्बु लगायत स्थानीय बुद्धिजिविहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा माङसेबुङ गाउँपालिका वडा – ३ वडाध्यक्ष लक्षुमण राई (जनम) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य सुर्य राईले गरेको कार्यक्रम वडासचिव पुस्कर कार्कीले सञ्चालन गरेका थिए ।