इलाम – आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
असोज ११ गतेदेखि लागु हुनेगरी आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।
त्यस्तै नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको लागि अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ ।