इलाम – कलाकार बुद्धि तामाङ र उनकी प्रेमिका अनु थिङ विवाह बन्धनमा बाँधिएका छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच शुक्रबार विवाह सम्पन्न भएको हो । बुद्धिले बिहीबार मात्रै मकवानपुरकी अनुसँग लामो समयदेखि प्रेम सम्बन्धमा आफू रहेको र विवाहको तयारीमा रहेको खुलाएका थिए ।
तामाङ फिल्म,सिरियलमा ‘हैट’ भन्ने थेगोले चर्चित छन । बुद्धिले आफ्नो विवाहमा सिमित आफन्त र सहकर्मीहरुलाई मात्रै निम्तो गरेका थिए ।