९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

लिम्बू भाषाको गीत ‘आखेन नुमा तरेमे’ सार्वजनिक ( भिडियो सहित )



गायक तथा संगीतकार जेपी नेम्बाङ र गायीका तथा नायीका पुष्पा लिम्बूको आवाजमा सजिएको लिम्बू भाषाको गीत ‘आखेन नुमा तरेमे’ सार्वजनिक गरिएको छ ।

निर्देशक किशोर सुव्वाको निर्देशनमा सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार जेपी नेम्बाङकै संगीतमा सजिएको प्रेमिल गीत ‘आखेन नुमा तरेमे’ जेपीजे इन्टरटेनमेन्ट अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अमेरिकाको न्युयोर्क वियर माउन्टेन र आईलेन्ड र ज्याक्सन हाईटमा छायाँकन् गरिएको भिडियोमा सुमन थाम्सुहांङ र सम्झना लाबुंङको मुख्य अभिनय रहेको छ ।

जेपिजे ईन्टरटेनमेन्ट को निर्माणमा विजेता लिम्बू र सम्राट कार्कीको समेत अभिनय रहेको भिडियोमा सम्राट कार्कीको छायाँकन तथा प्रविन ढकालको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस….

Related Posts

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ०० बजे