किरात समाचार : पवित्र धार्मिक स्थल मुक्कुमलुङको परिवर्तित पाथीभरा नामबाट यही असोज ११ गतेदेखि १२ गतेसम्म पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ आयोजना गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मुक्कुमलुङ बचाऔ आन्दोलनलाई समर्थन गर्दै किरात धर्म तथा साहित्य उत्थान संघले शनिबार प्रेस विज्ञप्ति जारी गरेको छ ।
संघका अध्यक्ष डकेन्द्रसिं थेगिमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ , आदिवासी रैथाने खासगरी लिम्बू भाषीद्वारा अनादिकालदेखि नामाकरण भएको शक्तिपिठ ” मुक्कुमलुङ” (शक्तिशाली ढुङगे पहाड) को यथावत नाम पुनःस्थापित गरी मुक्कुमलुङ महोत्सव भनी संचालन गरियोस भन्ने न्यायोचित माग दाबीलाई आयोजक पक्षले बेवास्ता गरी रैथाने समुदायको आस्थाको धरोहर माथि भएको ठाडो हस्तक्षेप प्रति हाम्रो गम्भीर आपत्ति भएको कुरा जानकारी गराउदछौ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सिडियो महेश कुमार पोखरेलद्वारा हस्ताक्षरित असोज ७ मा जारी गरिएको प्रेस विज्ञप्ति प्रति लिम्बू जातिलाई निषेधित गर्दै धार्मिक, सांस्कृतिक एवं जातीय सद्भाव र सहिष्णुतामा गम्भीर आच आउने र आतंकित गर्ने धम्किपुर्ण भाषा प्रयोग सहित प्रेषित विज्ञप्ति प्रति खेद प्रकट गर्दै संघले गम्भीर आपत्ति जनाएको छ ।
विज्ञप्तिमा यस्तो लेखिएको छ
ताप्लेजुङ जिल्लामा अवस्थित किरात याक्थुङ लिम्बू समुदायको मुन्धुमी आध्यात्मिक एवं पवित्र धार्मिक स्थल मुक्कुमलुङको परिवर्तित हिन्दु पाथीभराू नामबाट यही आगामी २०७२ असोज ११ गतेदेखि १२ गतेसम्म पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ आयोजना गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस क्षेत्रमा बसोबास गर्ने आदिवासी रैथाने खासगरी लिम्बू भाषीद्वारा अनादिकालदेखि नामाकरण भएको शक्तिपिठ “मुकुमलुङ” (शक्तिशाली ढुङगे पहाड) को यथावत नाम पुनःस्थापित गरी मुक्कुमलुङ महोत्सव भनी संचालन गरियोस भन्ने न्यायोचित माग दाबीलाई आयोजक पक्षले बेवास्ता गरी रैथाने समुदायको आस्थाको धरोहर माथि भएको ठाडो हस्तक्षेप प्रति हाम्रो गम्भीर आपत्ति भएको कुरा जानकारी गराउदछौँ ।
यसका साथसाथै मिति २०७९र०६र०७ मा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले लिम्बू जातिलाई निषेधित गर्दै धार्मिक, सांस्कृतिक एवं जातीय सद्भाव र सहिष्णुतामा गम्भीर आच आउने र आतंकित गर्ने धम्किपुर्ण भाषा प्रयोग सहित प्रेषित विज्ञप्ति प्रति खेद प्रकट गर्दछ र स्थानीय जन समुदायको बिना सहमति र अन्तराष्ट्रिय कानुनी प्रावधान विपरित स्वेच्छिक ढंगले महोत्सव कार्यक्रम सम्पन्न गर्ने दुस्साहस भई कुनै अप्रिय घटना घट्न गएमा स्वयं आयोजक पक्ष जिम्मेवार हुनुपर्ने चेतावनी सहित यो प्रेस विज्ञप्ती जारी गर्दछौ ।