३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026
Breaking News

भूपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा ‘तिम्रो हुने मन छ’ सार्वजनिक (भिडियो सहित)


दमक –  चर्चित गायक दिपक लिम्बू र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘तिम्रो हुने मन छ’ सार्वजनिक गरिएको छ ।

शुक्रबार गायिका मेलिना राई, गीतकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारहरुको सहभागितामा  गीतककार राईको अफिसियल युट्युव च्यानलबाट ‘तिम्रो हुने मन छ’ भिडियो शुक्रबार दमकमा सार्वजनिक गरिएको हो ।

भिडियो निर्देशक एवम् छायाँकार लिम्बूका अनुसार धिमाल संस्कृति झल्काउने भिडियो पूर्वी नेपालको धिमाल बाहुल्य स्थानहरुमा छायांकन गरिएको हो । उनलाई क्यामेरामा देवराज सिग्देलले एसिस्ट गरेका छन् ।

युवा प्रेमी–प्रेमिकाहरुबीचको सम्बन्धलाई भिडियोमा उतार्ने प्रयास गरेका लिम्बूले धिमाल समुदायको रहनसहनलाई भिडियोमा उतारेका छन् ।

 

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रोडक्सन रहेको भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राईले अभिनय गरेका छन् भने भिडियोको सम्पादन अनिल रानाले गरका छन् ।

महाराज थापाको संगीत संयोजनमा ए प्लस स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई साजन साहले मिक्सिङ गरेका छन् ।

भिडियो हेर्नुहोस…