१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

मुक्कुमलुङ बचाऔ आन्दोलनलाई समर्थन गर्दै किरात समन्वय समितिद्वारा प्रेस विज्ञप्ति जारी                                    



किरात समाचार – मुक्कुमलुङ बचाऔ आन्दोलन लाई समर्थन गर्दै किरात समन्वय समितिले आज आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ ।                                                                                  मुक्कुमलुङ माथि सांस्कृतिक अतिक्रमण गरिएको भन्दै सर्बोच्च अदालतमा बिचाराधीन रहेको मुद्दालाई बेवास्ता गर्दै यहि असोज ११,१२ र १३ गते आयोजना गरिएको पाथीभरा पर्यटन महोत्सव – २०७९ लाई रोक्न संघर्ष समितिले गरेको आन्दोलनलाई एक्यवद्धता जाहेर गर्दै ८ जातीय संस्थाहरु रहेको किरात समन्वय समितिले विज्ञप्ति जारी गरेको हो ।

समन्वय समितिमा सुरेल जाति उत्थान समाज केन्द्रीय समिति ,किरात हायु समाज केन्द्रीय समिति, जिरेल संघ नेपाल केन्द्रीय समिति, नेपाल धामी समाज केन्द्रीय समिति, सुनुवार सेवा समाज संघीय समिति ,किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति , किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति रहेका छन् ।

विज्ञप्तिमा यस्तो लेखिएको छ ।

आदिवासी लिम्बु याक्थुङहरूको मुन्धुमपवित्रस्थल तथा किरात जन्य समुदाय समेत आस्थाको केन्द्र मुक्कुम्लुङ माथि भाषिक, सांस्कृतिक र धार्मिक अतिक्रणको निरन्तरवादिदैजबरजस्त रुपमा पाथिभरा देवि मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्धन समिति ताप्लेजुङ, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रालय पाथिभरा क्षेत्र विकास समिति, भीमकाली गुल्म नेपाली सेना, फुली नगरपालीका, नेपाल पर्यटन बोर्ड र हिमालयन गाइड नेपाल ट्रेक्स एण्ड एक्सपीडीसन प्रा.लिले आयोजना गर्न लागिएको लिम्बुवान भूमि ताप्लेजुङमा कथाकथित पाथिभरा म्याराधन तथा पर्यटन महोत्सव-२००७९ प्रति किरात समन्वय समितिको गम्भीर ध्यानकर्षण भएको छ निम्बुवानको ताप्लेजुङमा अवस्थित मुक्कुम्लुङलिम्बुहरुको परम्परागत भूमि भित्रको मुन्धुमी र सांस्कृतिक पवित्रस्थल भएको कुरा सर्वविधितै, सत्य र प्रमाणीत छ यो पवित्रस्थलमुक्कुम्लुङको नाममाथि भएको भाषिक अतिक्रमणले कायम गरेकी पाथिभरा नामप्रति विरोध र मुबकुम्लुङ नामकरण पनःस्थापनाको संघर्ष विगत २ वर्ष देखि जारी छ भने मुक्कुम्लुङ नामकरण पुनःस्थापनाको विषयमा सर्वोच्च अदालतमा रिट निवेदन विचाराधिन रहेको अवस्थामा न्यायलयमा विचाराधिन मुद्धालाई समेत वेवस्ता गरि कानूनि मुल्य र मान्यतालाई धज्जि उडाउदै एक तर्फिरुपमा गरिएको निर्णयले प्रथा र प्रयाजनित कानूनको समेत घोर अपहेलना गरेको ठहर छ।

मुक्कुम्लुङसँग प्रत्यक्ष सरोकार र सम्बन्ध रहेकायाक्थुङ समुदाय, मुक्कुम्लुङ बचाउ अभियान अन्र्तगतका मुक्कुढं संघर्ष समिति, कियाचु याक्थुङ सब सहजिकरण समूहलगायतका सरोकारवालाहरुको अतिक्रमित नाम पाथिभरा प्रति पूर्णरुपमा असहमति विद्यमान रहेको संघर्षरत पक्षहरूले यो महोत्सबलाई तुरुन्त रोक्नु पर्ने वा मुकम्मलुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९ शीर्षक बनाईसो बमोजिम मात्र आयोजना गर्नुपर्ने माग २००९ साउन २० गते नै सम्बन्धीत सबै पक्षमा जानकारी गरिसकेको भए तापनि यस विषयमा चासो देखाउने भन्दा पनि एकतर्फी रुपमा आयोजना गरेरै छाड्ने दम्भ आयोजक पक्षको बढ्दै गएको देखिन्छ । यसरी सम्बाद र निकासका उपायहरुको खोजी गर्नको सट्टा सत्ता र शक्तिको आडमा मुक्कुम्लुङ प्रतिको अतिक्रमण जवरजस्ती हेपाहा प्रवृत्ति अगाडी बढ्दै गएको आयोजक पक्षको व्यवहारले सरोकारवाला पक्षहरूको आयोजक पक्षसंगको दुरी र इन्दको अवस्था बाईरहेको छ । त्यसमा बलजफती भएमा लिम्बु सहितका आम सरोकारवालाहरु सशक्त प्रतिरोधमा उशन साध्य हुनेछन्, जुन पक्तिमा कियाब रहने कुरा समयमै सचेत गराउदेउता परिस्थितिमा उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी आयोजक पक्षहरु स्वयम हुने समेत सचेत गराउदछौं ।

किरात समन्वय समिति कोटेश्वर, काठमाडौ

यो परिस्थिति सृजना हुन नदिन समयमै निवासको लागि आन्दोलनरत पक्षहरूको माग पुरा गरी अगाडी बढ्न पर्याप्त पहलकदमी लिइयोस भनी सम्बन्धित संस्था वा निकायहरुसंग अनुरोध गर्दै, संघर्षरत पक्षको यस्ता अनुरोधलाई बेवास्ता गर्दै आदिवासी बाबुहरुको अस्तित्वमा धावा बोल्ने, भाषिक, धार्मिक एवम् सांस्कृति अतिक्रमण तथा उपनिवेशको कुकार्यलाई निरन्तरता नै दिएर जाने जोडबलमा आयोजक पक्षलागिरहे बान्दोलरत पक्षबाट न्यायका लागि घोषणा र कार्यान्वयन हुने सम्पूर्ण आन्दोलनका कार्यक्रमहरुलाई किरात समन्वय समिति एक्यवद्धता जाहेर गर्दछ

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : २५ बजे