दमक – संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल गाउँपालिका अन्तर्गत वडा नं. ७ मा समिति गठन भएको छ । आइतबार कमलमा आयोजित एक कार्यक्रमले अनुप नेम्बाङ्को अध्यक्षतामा नौं सदस्यीय वडा समिति गठन भएको हो ।
उक्त समितिको उपाध्यक्षमा धनबहादुर सम्बाहाम्फे, सचिवमा रोशन लिम्बु, अर्थसचिवमा सुस्मिता नेम्बाङ चयन भएका छन् भने सदस्यहरुमा सुमन सोदेम्बा, चेतन कुमार लिम्बु, राजेन्द्र केरुङ र दिलीप सम्बाहाम्फेलाई जिम्मेवारी दिईएको छ ।
कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया थापा, सचिव राजु राई, प्रान्तीय सचिवालय सदस्य बलनाथ नाल्बो, कविन्द्र सेर्मा, सुर्य योक्पाङदेन, मनप्रसाद थलङ् लगायत प्रान्तीय नेताहरु, लिम्बुवान भोलेन्टियर्सका कमाण्डरहरु र कमल गाउँपालिकाका नेताहरुको सहभागिता रहेको थियो ।