१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

ताप्लेजुङ बन्द फिर्ता – kiratsamachar



ताप्लेजुङ – मुक्कुमलुङ बचाऔ आन्दोलनरत पक्ष र पाथीभरा पर्यटन महोत्सव आयोजक समिति बिच चार बुँदे सहमति भएपछि ताप्लेजुङ बन्द फिर्ता लिइएको छ ।

सोमबार आन्दोलनरत पक्ष र आयोजक वार्तामा बसेपछि चार बुँदे सहमति भएको छ । सहमति अनुसार पाथीभरा म्याराथन महोत्सवको सट्टा ताप्लेजुङ म्याराथन महोत्सव राखिने सहमति भएको हो ।

 

मुक्कुमलुङ सङ्घर्षरत पक्ष र पाथीभरा म्याराथन महोत्सव पक्षबिच भएको सम्झौता                                                                                                          विगत २ वर्ष देखि मुक्कुमलुङ पुनः स्थापीत गर्ने आन्दोलन गर्दै रहेको सबैमा अवगत छ । यस विषयमा सर्वोच्चमा समेत मुद्दा चिवाराधिन अवस्थामा रहेकोले हाल पाथीभरा म्याराथुन तथा पर्यटक महोत्सव २०७९ असोज ११ देअि १३ सम्म आयोजना गरिएको सन्दर्भमा आदीवासी याक्थुङ लिम्बुहरुको धार्मिक, सांस्कृतिक आस्थाको धरोहर मुक्कुमलुङ पुनः स्थापीत गर्ने घोषित आन्दोलन लाई स्थगन गरि ताप्लेजुङ म्याराथुन तथा पर्यटक महोत्सव २०७९ असोज ११ देखि १३ सभ्य र भव्य रुपमा सम्पन्न गर्न हामी दुवै पक्ष बिच निम्न सहमित भएको छ ।

निम्न बुँदाहरु
१. महोत्सवको नाम पाथीभरा म्याराथुन तथा पर्यटक महोत्सवको सट्टामा ताप्लेजुङ भ्याराथुन तथा पर्यटक महोत्सव राख्ने ।
२. महोत्वसको सन्दर्भमा बनाइएका र उल्लेख गरिएको ब्यानर, गेट, शिल्ड, प्रमाण पत्र, आदिको भिडियो, जिङ्गल्स्, छाप र दस्तावेज लगायतका सबैमा सामग्रीहरुमा आयोजक पषले पाथीभरा हटाएर ताप्लेजुङ म्याराथुन तथा पर्यटक महोत्सव राख्ने परिवर्तन गर्ने ।
३. आन्दोलन पक्ष किरात याक्थुङ चुम्लुङ, लिम्बु थरगत (याक्थुङ सयङ) सहजीकरण, मुक्कुमलुङ संयुक्त संघर्ष समिति सहित लिम्बु याक्थुङ जन्य अन्य संघ संस्थाहरुले २०७९ असोज ९ । १३ सम्मको बन्द स्थगन गर्ने ।
४. यो सहमति संयुक्त कार्यान्वयन अनुगमन समिति बनाउने, सहमतिहरु दुवै पक्षले पालना गर्ने । पछि सहमति उलंघन भए आन्दोलन गर्ने हक हुने छ ।                                                                                संयुक्त अनुगमन समितिहरु आयोजक समिति बाट
(१) रकि थेबे
(२) सुरेश लिम्बु
(३) दावा सेर्पा

आन्दोलन पक्ष
(१) प्रदिप मादेन
(२) नविन फुरुम्बो
(३) सरोज कङलीबा

हस्ताक्षर गर्ने
आयोजक तर्फ बाट
(१) तारानाथ घिमिरे (पाथीभरा देवी
(२) रकि थेबे (पा. क्षे. वि. स. ता. अध्यक्ष)
(३) नारायण थापा (उ. वा. सं., अध्यक्ष

आन्दोलन तर्फ बाट
(१) इन्दिरा मेन्याङबो (कि.या.चु. जि.शा.ता., अध्यक्ष)
(२) बिबिहाङ वनेम ( ,, ,, , सचिव)
(२) दिपक ताप्मादेन (मु.सं.सं. समिति, अध्यक्ष

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ३५ बजे