इलाम – नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशको राष्ट्रिय टिमबीच आज मंगलबार मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत साँझ ५ः३० बजे घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १–० गोल अन्तरले हराएको थियो ।
हेड टु हेड
बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।
नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।
सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको त्यस भेटमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको थियो ।
नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्सको उपाधि जितेको थियो ।