किरात समाचार – भाषा विकासमा धेरै पहिलेदेखि जोड दिदै आएको किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन सेइङले बताउनु भएको छ । भाषा सृष्टिको सुरुवातबाटनै आएको हुन्छ । मान्छे भएपछि भाषा चाहिन्छ ।’
मंगलबार किरात साम्जीक मुन्धुम निसामहिमको ४१ औ बार्षिक उत्सव समारोह कार्यक्रममा आशीर्वचन प्रदान गर्नुहुदै सो कुरा किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङले बताउनु भएको हो ।
अङ्सीमाङले भन्नु भयो ‘ भाषाको विकास भएन भने हामी अन्धकार हुन्छौ । भाषा ,लिपि ,साहित्य ,सस्कृति यो ज्ञानको कुरा जब प्रचार हुन्छ मान्छेको दिमाग खुलेर जान्छ ।’
यसैगरी फेरि भन्नु भयो ‘हाम्रो त मुन्धुम छ । मुन्धुममा आधारित लेखिएको मन्त्रहरु छ । आत्मा परमात्मा तारन्तार गर्ने आत्मा लाइ मुक्ति दिने मन्त्रहरु सिक्नु हामीले बाध्यता भएकोले हामी पहिला देखीनै मुन्धुम पढेर आएका छौ । त्यसकारणले हामीले यसलाई विकसित गर्नुको निमित्त हामीले मुन्धुमशाला खोलेको छौ ।’
आशीर्वचन प्रदान गर्नुहुदै अङ्सीमाङले भने ‘ भाषा हाम्रै पहिचान हो । च्याब्रुङ पनि हाम्रै पहिचान हो । राईको सस्कृति बज्यो भने पनि हाम्रै पहिचानले हाम्रो गाउघर भनेर चिनाउने बताउनु भयो ।’ फेरि भन्नुभयो भाषामा ज्ञान दर्शन छ । यसको विकासको लागि माङ्सेबुङ गाउपालिका अध्यक्ष र स्थानीय सरकार समक्ष गुरुले भाषा विकासको लागि बजेट छुट्याउन आग्रह समेत गर्नुभएको छ ।
मुक्कुमलुङ सृष्टिकालीन नाम भएको बताउँनु हुँदै वहाँले भन्नु भयो, ‘मान्छेको सुरुमा माङगेन्ना नाम राखिएझै त्यो क्षेत्रको सुरुवातमा राखिएको नाम मुक्कुमलुङ हो ।’ थप्नु भयो, ‘यहाँको सभ्यताले सबैलाई बचाएको छ, चिनाएको छ, त्यहीँ सभ्यतालाई नाश गर्न राज्यले खोजिरहेको छ ।’
विभिन्न पद, अवसर र विकासको नाममा आदिवासी जनजातिहरुलाई अलमल्याएको प्रसंग जोड्नु हुँदै, अङसीमाङले भन्नु भयो, ‘नेपालका आदिवासी जनजातिहरुको हक अधिकार राज्यले सम्बोधन गरेको छैन् ।’ पञ्चायतकालमा मौलिक भाषा, लिपिहरु सबै लुगाएर बचाएर ल्याएको कुरा सुनाउँनु हुँदै वहाँले भन्नु भयो, ‘यो भाषा भोलि विश्वको भाषा हुनेछ । किरात लिपि र भाषा अध्ययन् गर्ने विश्वविद्यालय स्थापना गर्ने सोच राखेको छु ।’
कार्यक्रममा प्रमुख अतिथि माननीय राजेन्द्र कुमार राई बिशेष अतिथि माङ्सेबुङ गाउपालिका अध्यक्ष हेमन्त राई किरात चोत्लुङ अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, उपाध्यक्ष कमला मिभक ,किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, किरात धर्मका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, किरात धर्मगुरु निजि पूर्व सचीव माङमिङ्सोहाङ लिङ्देन, प्राज्ञ हरिचन्द्र लाओति ,माङसेबुङ ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, माङ्सेबुङ ५ भाषिक सचीव सुनिल सेर्मा ,माङ्सेबुङ गाउपालिका निवर्तमान उपाध्यक्ष सुनिता सुब्बा , गुरुनिजि कृषि समिति अध्यक्ष टिकाराम केरुङ, माङगेन्ना सेवासमितिका पूर्व सचिव नन्दकुमार नेम्बाङ, आत्मा पबित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङ्बुहाङ , माङ्सेवासाबा अध्यक्ष बलराम खजुम रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि माननीय संसद राजेन्द्र कुमार बिशेष अतिथि माङ्सेबुङ गाउपालिका अध्यक्ष हेमन्त राई , माङसेबुङ ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, माङ्सेबुङ गाउपालिका निवर्तमान उपाध्यक्ष सुनिता सुब्बा , प्राज्ञ हरिचन्द्र लाओति लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
किरात साम्जीक मुन्धुम निसामहिमका अध्यक्ष देउकुमार आङ्देम्बेको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव कार्यक्रम उक्त निसामहिमका प्रअ ललितचन्द्र फियाक र सिक्साम्बा सन्चहाङ सङ्बाहाम्फेले सञ्चालन गरेका थिए ।
तस्बिरः ज्ञानु केदेम