किरात समाचार – किरात साम्यो नालीफुङ्वा थुम पान्जुम्भो मोरङको आयोजनामा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नालीफुङ्वा मोरङले आज शनिबारदेखि आधारभूत उद्घोषण तालिम तथा धार्मिक प्रशिक्षण कार्यक्रम सुरु गरेको हो।
नालीफुङ्वा मोरङको आयोजनामा असोज १५-१८ गतेसम्म लेटाङको ग्रीन पीस पार्टि प्यालेसको सभाहलमा तालिम तथा धार्मिक प्रशिक्षण कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष आकाश लङ्वाले जानकारी दिए ।
सो प्रशिक्षण कार्यक्रम तीन सेसनमा हुनेभएको छ। पहिलो चरण अन्तर्गत शनिबार नालीफुङ्वा संगठन र कार्यालय संचालन सम्बन्धि नालिफुङ्वा केन्द्रीय अध्यक्ष पृतिमान खालिङद्वारा प्रशिक्षण हुने अध्यक्ष लङ्वाले बताएका छन।
त्यसैगरी दोस्रो चरणको कार्यक्रम १६ गते आइतबार किरात धर्मगुरु निजि कानुनी सल्लाहकार , साङ्दाङगेन वरुमसाबा तथा अधिवक्ता प्रशिक्षक एनएस फागोद्वारा किरात धर्म, मुन्धुम र जीवन दर्शन विषय अन्तर्गत प्रशिक्षण हुने जनाएको छ ।
त्यस्तै तेस्रो चरणको कार्यक्रम अन्तर्गत आधारभूत उद्घोषण कला तालिम आरजे तथा सन्चारकर्मी प्रशिक्षक देशराज नेम्बाङद्वारा प्रशिक्षण गराइने जनाइएको छ।
सो प्रशिक्षण कार्यक्रममा नालीफुङ्वा जिल्ला समितिको तल्लो निकाय नगर समिति , गाउपालिका समिति , वडा र टोल समितिमा आवद्ध नालीफुङ्वाहरुको विशेष सहभागितामा हुने प्रशिक्षण तथा तालिमको सहभागिता शुल्क रु दुई हजार रुपैयाँ तोकिएको छ ।