१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

समानुपातिकका २९ जना उम्मेद्वारले नाम फिर्ता लिए



काठमाडौ  – आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्बाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन् ।

निर्बाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएको बताए । जसमध्ये संघीय प्रतिनिसभा तर्फ ९ जना र प्रदेश प्रतिनीधिसभा तर्फका २० जना रहेका छन् । अब आयोगले उम्मेदवारी फिर्ता लिएका उमेद्वारहरु बारे समन्धित दललाई पत्राचार गरिने जनाएको छ । नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएपछि अन्तिम समयमा आएर महराको नाम हटाएको हो । आफ्नै इच्छामा नाम हटाइए पनि प्रत्यक्ष चुनाव नलड्ने महराले यसअघि नै बताइसकेका छन । आयोगले समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्द सूचीमा सूचीकृत कुनै उमेद्वारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको थियो ।

उमेद्वारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो उमेद्वारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १० : २४ बजे