दमक – संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुलीको पाँचौ अधिवेशनले नरेन्द्र लेक्वालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार चुलाचुली १स्थित हात्तिलेदामा आयोजित अधिवेशन लेक्वालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शनिबार आयोजित अधिवेशनले लेक्वाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्तिराज राई, सचिवमा सीता दर्नाल, सहसचिवमा शिव सेरेङ र
अर्थसचिवमा देवी कुमारी देवानलाई चयन गरेको हो छ । यसरी नै समितिको सदस्यहरुमा दुर्गा योङया, घनेन्द्र केरुङ, बुद्ध योङया, अवि फागु, ऋषि थुलुङ, सुरज फागो, तेज बहादुर सम्बाहाम्फे र आइन्द्र लावतीलाई निर्वाचित गरेको छ ।
कार्यक्रम मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता र संघीय महासचिव अशोक चेम्जोङको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । यसरी उक्त कार्यक्रममा प्रान्तीय नेताहरु थाङसाङ लावती, दिलकुमार लावती, विष्णुमाया थापा, पूर्ण लावती, दिपक योङहाङ लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।