२९ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025

सञ्चारकर्मी लिम्बुद्वारा दसैंमा विपन्न ५५ घर धुरीलाई चामल वितरण



तेह्रथुम – लालिगुरास नगरपालिकामा सञ्चारकर्मी देबिन्द्र लिम्बुले दसैचाडको अवसर पारेर ५५ घर धुरीलाई चामल प्रतिव्यक्ति १ बोराका दरले बाडेका छन् ।

आर्थिक अवस्था कमजोर भएका लालीगुराँस नगरपालिका १ देखि ९ नम्बर वडा सम्मका सर्वसाधारणलाई नगद १ लाख १० हजार बरावरको चामल, नुन, तेल र केही वृद्धा र असक्तहरुलाई नगद पनि वितरण गरेका छन् ।

साबिक दागापा गाविस ५ मा जन्मिएका देबिन्द्र लिम्बु तीनजुरे अनलाइन टिभीका सञ्चालक हुन् । कृष्णबहादुर लिम्बु र आमा चन्द्रकुमारी लिम्बुको कोखबाट जन्मिएका देबिन्द्र लिम्बु जीवन गुजारा गर्न साउदी, कतार र कुवेत सम्म पुगे । उनी अहिले पूर्वको विराटचौकमा बसेर देश भरी घटनाक्रमलाई आफ्नो युट्युब च्यानल तीनजुरे अनलाइन मार्फत प्रस्तुत गर्ने गर्दछन् ।

उनले भने ‘ विगतमा आफ्नो परिवारले चाडपर्वमा अभावमय जीवन भोगेको सम्झँदै देबिन्द्र लिम्बुले भने मैले मेरो युट्युब च्यानल तीनजुरे अनलाइन टिभीबाट कमाएको केही रकमबाट मेरै गाउँका विपन्नतामा गुज्रिएका परिवारलाई सहयोग गर्न पाउँदा औधी खुसी भएको छु ।’                                         

युट्युबबाट आएको पैसा गरिब दुखिलाई सहयोग गर्दै हिडने देबिन्द्र लिम्बुले यस पटक दसैँमा आफ्नै जन्मस्थलमा पुगेर उनले देखेका दुखीहरूलाई सहयोग गर्दा सहयोग पाएका सर्वसाधारण खुसी भए । उनीहरूले भने, यस्तो काम त हामीले भोट दिएका जनप्रतिनिधिहरूले गर्नुपर्ने हो तर तपाईँले गर्नुभयो भन्दै आर्सीवाद समेत दिए ।

नेपाल सरकारको सूचना विभाग र प्रेस काउनसिलमा दर्ता भएको तीनजुरे अनलाइन टिभी युट्युबसँगै अनलाइन पनि सञ्चालनमा रहेको छ । तीनजुरे अनलाइन टिभीको ५ लाख ४ हजार सस्क्राईबर रहेका छन् ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ८ : २२ बजे