राज्यले आदिवासी जनजातिको हकअधिकार सम्बोधन गर्नुपर्छ – किरात धर्मगुरु

  योगेस लावती  1223 पटक हेरिएको

किरात समाचार –  राज्यले आदिवासी जनजातिको हकअधिकार सम्बोधन गर्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ  आत्मानन्द लिङ्देन सेइङले बताउनु भएको छ ।

शुक्रबार किरात धर्मगुरु गुरुनिजि आश्रम लारुम्बास्थित नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) एमालेको उपाध्यक्ष तथा संसदीय दलको उप नेता सुवास नेम्बाङ , नेकपा एमाले केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज राम राना , एमाले प्रदेश कमिटी सदस्य गणेश बराल लगायत गुरु भेटदर्शन कार्यक्रममा आशीर्वचन प्रदान गर्नुहुदै सो कुरा किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङले बताउनु भएको हो ।                                                   

धर्मगुरुले भन्नु भयो ‘ प्रदेश नम्बर १ को नाम ‘ किरात सगरमाथा ‘ नामकरण गरे भोलि कुनै जातीय दन्द हुदैन,शान्तिपूर्ण नमुना प्रदेश हुने बताउनु भयो । पुनः थप्दै भन्नुभयो भाषामा आ- आफ्नो नाम छ । तर , हामि ‘किरात सगरमाथा’ भनेर चिन्छौ , संसारले पनि सगरमाथा भनेर चिन्ने बताउदै ‘किरात सगरमाथा’ प्रदेशले सबै जातिलाई समेट्ने बताउनु भयो । हिमाल भनेको नेपालको मोति हो मणि हो । यसलाई सम्बोधन गरे एक नम्बर प्रदेश धनि हुने बताए ।

अङ्सीमाङले भन्नुभयो सुवास नेम्बाङको बाजे बोजुले महागुरु फाल्गुनन्दलाई सहयोग गरेको इतिहास जोडिएको बताउदै त्यो आशीर्वादले सुवास नेम्बाङ त्यो स्थानमा पुगेको बताउनु भयो ।

गुरु भेटदर्शन कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका उप नेता सुवास नेम्बाङ , स्वकिय सचीव कृष्ण काप्ले, इलाम क्षेत्र २ ( क) उम्मेद्वार गणेश बराल प्रदेश १ का पूर्व भूमि तथा व्यवस्था कृषि सहकारी मन्त्री राम राना, किरात चोत्लुङ अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, उपाध्यक्ष मुक्तिहाङ साम्बा, होम लिङ्देन , किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम , किरात धर्मका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, माङसेबुङ ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई , माङ्सेबुङ गाउपालिका निवर्तमान उपाध्यक्ष सुनिता सुब्बा , नेकपा एमाले इलाम जिल्ला सदस्य बल बहादुर नेम्बाङ , माङ्सेबुङ कार्यपालिका सदस्य हस्त लिम्बु , गुरुनिजि कृषि समिति अध्यक्ष टिकाराम केरुङ , माङगेन्ना सेवासमितिका पूर्व सचिव नन्दकुमार नेम्बाङ, नेकपा एमाले माङ्सेबुङ कार्यसमिति सहसचिव अतित योङहाङ लगायत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थियो ।                                           

कार्यक्रममा पूर्व संविधानसभा अध्यक्ष एमाले उपाध्यक्ष सुवास नेम्बाङ , गुरुनिजि कानुनि सल्लाहकार भीम खत्री , किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिंह थेगिम लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रमको स्वागत मन्तव्य गुरुनिजि कानुनि सल्लाहकार एनएस फागोले गरेका थिए भने कार्यक्रम नालीफुङ्वाका पूर्व सचिव भगिहाङ नेम्बाङले सञ्चालन गरेका थिए ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार