१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

गोरखा २ बाट प्रचण्डको उम्मेदवारी दर्ता



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई , वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतको उपस्थितिमा अध्यक्ष प्रचण्डले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।                                                                                                      दहालको उम्मेदवारी प्रस्तावकमा बाबुराम र समर्थकमा श्रेष्ठ रहेका छन् । यस अघि चितवनबाट चुनाव लडेका प्रचण्ड चितवन छाडेर गोरखामा उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : ३० बजे