६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

केपी ओलीद्वारा झापा – ५ बाट उम्मेदवारी दर्ता



झापा  – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नम्बर ५ बाट  उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।                                                                                                   
आइतबार दिउँसो झापा निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलिले क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी ओलीको उम्मेदवारी मनोनयन प्रस्तावक रोमनाथ ओली र समर्थकमा दीपक कार्की रहेका छन् ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर ‘क’ मा एमालेबाट हिक्मत  कार्की र  क्षेत्र नम्बर ‘ख’ मा होमबहादुर थापा उम्मेदवार बनेका छन् ।
 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : ४७ बजे