किरात समाचार – आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निवार्चनका लागि हर्कबहादुर लावती ‘कान्छा’ले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार सत्तागठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार लावतीले इलाम निर्वाचन अधिकृतको कार्यालयमा पुगेर इलाम क्षेत्र नम्बर – २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
सत्तागठबन्धन बाट माओवादीले पाएको प्रदेशसभा इलाम क्षेत्र नं २ ‘ ख ‘ मा माओवादी केन्द्रका इलाम जिल्ला सहइन्चार्ज तथा प्रदेश सदस्य लावती प्रदेश १ पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर रानासंग प्रदेशसभामा चुनाव भिड्नेछन् ।
इलाम क्षेत्र नं २ मा फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा रहेका छन् ।