१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

साक्थिम्गेनको ४३ औ स्थापना दिवशमा थलङलाई अभिनन्दन



किरात समाचार: किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४३ स्थापना दिवश तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

मङ्गलबार माङ्सेबुङ ५ स्थित किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोको कार्यलयमा पान्जुम्भोको ४३ औ स्थापना दिवश र सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लामो समयसम्म किरात धर्ममा योगदान गर्ने एक महान ब्यक्तिहरुलाइ सम्मान गर्दै आइरहेको क्रममा यसबर्ष किरात साम्जिक मुन्धुम सह सम्पादक तथा सेवासाबा प्रमुख मनप्रसाद थलङलाइ सम्मान अभिनन्दन गरेको छ ।

यश अघि देवदास राई , भबेन्द्र थेबे, डिल्लीराम चाम्लिङ, नवीन लिङ्देन, डकेन्द्रसिङ थेगिम, चन्द्रकुमार सेर्मा, केहेरसिङ योङ्हाङ र हर्कबिर योङहाङ लगायतलाई अभिनन्दन गरिसकेको छ ।

किरात चोत्लुङ अङ्सिमाङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङ्हाङको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवशमा पान्जुम्भोको पुर्व समितिको तर्फबाट सुमन लाओती, धार्मिक संगठनको प्रतिनिधित्व गर्दै होम लिङ्देन, राजनीतिक दलको तर्फबाट नेकपा माओवादी माङ्सेबुङ गाउपालिका अध्यक्ष पृतिमान जबेगु, माताहत समितिको तर्फबाट मन कुमार आङ्बुहाङले शुभकामना मन्तव्य राखेका थिए ।

सुबास गुरुङले सन्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रबाट किरात केन्द्रिय कलाकारहरुको भब्य सहभागीता रहेको थियो भने कार्यक्रमको अध्यक्षता ज्ञानु केदेमले गरेको थियो।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ३ : ३९ बजे