६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पहिचानीको मत दुईतिर ,सत्तागठबन्धन र एमालेसंग एक्लै भिड्दै स्वतन्त्र



किरात समाचारः आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निवार्चनका लागि इलाम क्षेत्र नं २ (ख) का लागि पहिचानीको मत दुईतिर बाडिएसंगै सत्तागठबन्धन र एमालेसंग एक्लै स्वतन्त्रतर्फ विनय कुमार फागु (बिक्रम) एक्लै भिड्दैछन् ।

फागु सत्ता गठबन्धनबाट माओवादी केन्द्र तर्फका हर्क बहादुर लावती, एमालेका राम बहादुर राना र राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा तुम्बाङफेसंग प्रतिस्पर्धा गर्दै छन् । राजनीतिमा निरपेक्ष रहन्दै आएका फागुले पहिचानको आन्दोलनमा तीन दशकदेखि बैचारीक बहस र कलम चलाउँदै आएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका संघीय लिम्बुवान प्रान्त्तीय मन्चबाट दाप सहितको खुकुरी चिन्ह लिएर विनय कुमार फागु (बिक्रम) ले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता गराएका हुन ।

नेपाली साहित्य, रंगमञ्च, लिम्बु भाषिक म्युजिक भिडियो क्षेत्रमा चर्चा कमाएका फागु सामाजिक अभियान्ताका रुपमा परिचित छन् । उनले किरात धर्मसंग सम्बद्ध युवाहरुको धार्मिक साझा संगठन किरात साम्यो नालीफुङवामा चार दशक कार्य गरिसकेका छन् ।

इलाम क्षेत्र नं २ (ख) फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा निर्वाचन क्षेत्रमा रहेका छन् ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ३४ बजे