माङ्सेबुङ – नेकपा एमालेकी नेतृ एवं पूर्व उपसभामुख तथा पूर्व मन्त्री डा. शिवामाया तुम्बाहाङफेले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’संग गुरु भेटदर्शन गरेकी छिन् ।
शुक्रबार इलामको माङ्सेबुङ ५ लारुम्बा स्थित गुरुनिजि आश्रममा गुरु आत्मानन्द सेइङ संग तुम्बाहाम्फेले भेट दर्शन गरेकी हुन । उक्त भेटदर्शनमा तुम्बाहाङ्फेले किरात धर्मगुरुसंग आशीर्वाद लिएका छन् ।
उक्त भेटदर्शनमा नेकपा एमाले तथा मांङ्सेबुङ गाउपालिका अध्यक्ष हेमन्त राई , किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङ्गेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ, होमबहादुर लिङ्देन लगायतको उपस्थिति रहेको थियो ।
समानुपातिक बाट सांसद बनेकी तुम्बाहाम्फे मोरङ क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आईरहेकी थिइन् । यसपटक टिकट पाउने चर्चा चलेपनि उनले टिकट पाइनन् । यसपटक भने घनश्याम खतिवडाले टिकट पाएका छन् ।
निवर्तमान संसद तुम्बाहाम्फेले यस अघि दुई मन्त्रालय भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री र कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको कार्यभार कौशलता पूर्वक सम्हाली सकेकी छिन ।