३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

प्रदेश १ का अर्थमन्त्री आङ्बोले लिए किरात धर्मगुरुसंग आशीर्वाद



माङ्सेबुङ – पाँचथर क्षेत्र नम्बर १ ‘ख’ बाट आगामी ४ मंसिरमा हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेद्वार प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’संग गुरु भेटदर्शन गरेका छन् ।

शुक्रबार इलामको माङ्सेबुङ – ५ लारुम्बा स्थित गुरुनिजि आश्रममा गुरु आत्मानन्द सेइङ संग मन्त्री आङ्बो सहितको उपस्थितिमा रेवतीराज पुरी,हर्कबहादुर लावती ‘कान्छा’, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमराज माखिमले भेट दर्शन गरेका छन् ।

गुरु भेटदर्शनमा किरात धर्मगुरु आत्मानन्द सेइङ्बाट आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनको उम्मेद्वार समेत रहेका मन्त्री इन्द्रबहादुर आङ्बो ( मौसम ) र रेवतिराज पुरीले माङगेन्ना गरे । माङगेन्ना गरे शिर उचो हुने र शिर नढल्ने धार्मिक विश्वास रहेको छ ।

चुनाव नजिकीदै गर्दा आफनो निर्वाचन क्षेत्रमा चुनावी अभियान अगाडी पाँचथर निर्वाचन क्षेत्र ‘ख’ का उम्मेद्धार इन्द्रबहादुर आङ्बो र झापा क्षेत्र नम्बर ५ ‘ख’ प्रदेश सभाको उम्मेद्वार रेवतीराज पुरीले किरात धर्मगुरुसंग गुरुभेटदर्शन गरेर आर्शिवाद लिएका छन् ।

प्रदेश सभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर ‘ख’ मा लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश १ अर्थमन्त्री इन्द्रबहादुर आङ्बो  नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य आइन्द्रसुन्दर नेम्बाङसंग चुनावी प्रतिस्पर्धामा भिड्नेछन् ।

मन्त्री आङ्बो पछिल्लो समय पाँचथरको विकासे नेताको रूपमा चिनिन्छन् । यी दुई नेताबीच पनि पहिलोपटक चुनावमा प्रतिस्पर्धा हुन लागेको हो ।

गुरुभेदर्शन कार्यक्रममा प्रदेश १ अर्थमन्त्री इन्द्रबहादुर आङ्बो,  माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष रेवतीराज पुरी ( गगन )  र मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमराज माखिम शुभकामना मन्तव्य राखेका थिए ।

उक्त गुरु भेटदर्शन कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो , माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष रेवतीराज पुरी, माओवादी केन्द्र इलाम जिल्ला सहइन्चार्ज हर्कबहादुर लावती ‘ कान्छा ‘ मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमराज माखिम , निर्माण व्यवसायी अमर आङ्देम्बे , मिलन चेम्जोङ लगायत स्थानीय माओवादी केन्द्रका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

किरात धर्मगुरु गुरुनिजि आश्रम माङ्सेबुङ – ५ लारुम्बा अवस्थित गुरु दर्शनालयमा सम्पन्न भएको गुरु भेटदर्शन कार्यक्रम किरात साम्यो नालीफूङ्वा पान्जुम्भोका पूर्व सचीव भगीहाङ नेम्बाङले सन्चालन गरेको थियोे ।

 

 

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : २३ बजे