३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

राष्ट्रिय जनमुक्ति पार्टी युवा नेता आङ्बुहाङ र ताप्मादेनले गरे किरात धर्मगुरुसंग भेटदर्शन



माङ्सेबुङ – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन ४ मंसिर नजिकिदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टीका सचिव गजेन्द्र आङबुहाङ र युवा नेता विनोद ताप्मादेनले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’संग गुरु भेटदर्शन गरेका छन् ।

 

शुक्रबार इलामको माङ्सेबुङ – ५ लारुम्बा गुरुनिजि आश्रम अवस्थित झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य उम्मेद्वार आङबुहाङ र प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ४ झापाका उम्मेद्वार ताप्मादेनले किरात धर्मगुरु आत्मानन्द सेइङ’ संग गुरु भेटदर्शन गरेका छन् । उक्त गुरु भेटदर्शनमा आङ्बुहाङ र ताप्मादेनले किरात गुरुसंग आशीर्वाद लिएका छन् ।

आङ्बुहाङको हेभीवेट नेता लिङ्देन र सिटौला संग प्रतिस्पर्धा

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचीव गजेन्द्र आङ्बुहाङ झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य निर्वाचनमा हेभिवेट नेताद्व्य नेपाली कांग्रेसका कृष्ण सिटौला र राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसंग चुनावी प्रतिस्पर्धा उत्रिएका छन् । २०७४ को निर्वाचनमा नेकपा एमालेसंग राप्रपाले चुनावी तालमेल गरेको थियोे । उक्त निर्वाचनमा राप्रपाका नेता राजेन्द्र लिङ्देनसंग काङ्ग्रेस नेता सिटौला पराजित भएका थिए ।

त्यस्तै झापा क्षेत्र नम्बर ४ मा जनमुक्तिका युवा नेता ताप्मादेन पहिलो पटक चुनाव लड्दैछन । त्यस्तै सो क्षेत्रमा नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेबे र नेकपा एमालेका एलपी साँवाबीच मुख्य चुनावी प्रतिस्पर्धा भिड्नेछन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : १८ बजे