माङ्सेबुङ – भाषा,धर्म,संस्कृति र सभ्यतालाई राज्यले संरक्षण गर्नुपर्ने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले बताएका छन् ।
शुक्रबार इलामको माङ्सेबुङ ५ गुरुनिजि आश्रम स्थित किरात धर्मगुरु आत्मानन्द सेइङ संग गुरु भेटदर्शन कार्यक्रममा मन्त्री आङ्बोले सो कुरा बताएका हो ।
आगामी ४ मंसिरको चुनावी अभियानमा जानु अगाडि किरात धर्मगुरु आत्मानन्द सेइङ संग आशीर्वाद माग्न पुगेका प्रदेश १ अर्थमन्त्री आङ्बोले भने, ‘भाषा, धर्म,परम्परा ,संस्कृति र सभ्यता यि चिजहरु नष्ट हुँदै हराउदै गएकोले राज्यको तर्फबाट संरक्षण सम्बर्द्धन गर्नुपर्ने बताएका छन् ।
मन्त्री आङ्बोले किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङ्सेबुङको पूर्वाधार विकासका कुरा जहिले केन्द्रमा राखेको बताएका छन् । उनले भने ‘राष्ट्रिय विभूति , समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको कर्मभूमि पाँचथरको लोब्रेकुटीलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पहल गर्ने बताए ।’
पाँचथर क्षेत्र नम्बर १ ‘ख’ प्रदेश सभा सदस्य लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेद्वार आङ्बोले प्रदेशको नामकरण बारे चुनावी अभियानमा जनताले प्रश्न गर्ने बताउदै प्रदेशको नाम राख्न नसकेकोमा उनले प्रष्ट पारे ।
उनले भने, ‘मुख्य मन्त्री शेरधन राईको नेतृत्वमा दुईतिहाई बहुमतको सरकार हुँदा पनि प्रदेशको नाम राख्न सकेन । त्यसबेला नाम राख्न कुनै पार्टीलाई सोध्न पर्दैन थियोे । तर,केहिले केपी ओलिको कुरा नकाट्ने भएपछि हाम्रो केहि नलागेको बताए ।’
यो कुराको जिम्मा म लिन तयार छु । उनले भने ‘मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि साथ दिनु भयो । प्रदेशको नाम हाम्रो कारणले नराखेको हो । किन भने जबर्जस्ति कोशी प्रदेश राखिन्दै थियोे ।’ मैले भने कोशी प्रदेशमा म सहि गर्दिन । मेरो औंला काटेर दिन तयार छु तर, कोशी प्रदेशमा म सहि गर्दीन ।’ उनले भने किरात सम्बोधन गरेर किरात लिम्बुवान , किरात सगरमाथा , किरात कोशीसम्म स्वीकार हुनसक्ने बताउदै किरात सम्बोधन नगरी यहाँको जातीय पहिचान,धार्मिक सभ्यता र सास्कृतिक पहिचानलाई सम्बोधन नगरी प्रदेशको नामकरण कुनै हालतमा पार्टीले स्वीकार नगरी अडान लिइएको जनाए ।
मन्त्री आङ्बोले ‘आदिवासी रंगशाला ,फाल्गुनन्द सभाहल र फाल्गुनन्द मार्गको नाम परिवर्तन गरेर आदिवासी जनजातिको पहिचान मेट्ने , सस्कृति सिध्याउने भाषा,धर्म सिध्याउने तीर केहि ब्यक्तिहरु लागेको आरोप समेत लगाए ।’
उनले भने ‘फाल्गुनन्द सभाहलको नाम परिवर्तन गरेर दमक सभाहल नामकरण गरेको प्रति खेदप्रकट गर्दै कुनै धार्मिक संस्था, ब्यक्तिले आफै बनाउछु भनेर लागेर सभाहल बनाउछु भन्दा नहुने बताउदै राज्य आफै लागि सकेपछि राज्यले सभाहल बनाउनु पर्ने बताएका छन् ।’
उक्त कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो , माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरी, माओवादी केन्द्र इलाम जिल्ला सहइन्चार्ज हर्कबहादुर लावती ‘ कान्छा ‘ मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमराज माखिम , निर्माण व्यवसायी अमर आङ्देम्बे , मिलन चेम्जोङ लगायत स्थानीय माओवादी केन्द्रका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
किरात धर्मगुरु गुरुनिजि आश्रम माङ्सेबुङ लारुम्बा अवस्थित गुरु दर्शनालयमा सम्पन्न भएको गुरु भेटदर्शन कार्यक्रम किरात साम्यो नालीफूङ्वा पान्जुम्भोका पूर्व सचीव भगीहाङ नेम्बाङले सन्चालन गरेको थियोे ।