३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

भोलि शताब्दी पुरुष जोशीको निधनमा शोक मनाउन सार्वजनिक विदा



संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले भोलि मंगलबार (कात्तिक १ गते) सार्वजनिक बिदा दिएको छ ।

सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणिद्वारा जारी गरिएको विज्ञप्तिमा भोलि मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

जोशीको निधनको शोक विदामा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनप्रेम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

शताव्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।                                 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : १३ बजे