१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

‘इलामको विकास र नेतृत्व परीवर्तनको लागि स्वतन्त्र उम्मेदवारी दिएको हु’ – हर्क साम्बा



माङ्सेबुङ – इलाम क्षेत्र नम्बर २ ख बाट स्वतन्त्र उम्मेदवारी दिएका हर्कबहादुर साम्बाले राजनितिक दलबाट निर्वाचित प्रतिनिधिले यसक्षेत्रको मतले जितेर गएर फर्केर नआउने र विकास निर्माणमा राम्रो काम नगरेको हुनाले भ्रष्टाचार र बेथितिको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको  बताएका छन् ।

 

साम्बाले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी निर्वाचन आयोगको तालीका अनुसार २३ असोजमा इलाम क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्य उम्मेदवारमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उनले भने ‘ इलामको विकास र नेतृत्व परीर्वतको लागि स्वतन्त्र उम्मेदवारी दिएको हु ।’ नेतृत्व परिवर्तन गरेर यहाँको विकास निर्माण , भ्रष्टचार , ढिलोसुस्ती तीब्र गतिमा अगाडी बढाउन स्वतन्त्र उम्मेदवारलाई चुनावमा जिताउन इलाम क्षेत्र – २ का मतदाता जनताहरुलाई अनुरोध समेत गरे ।

आगामी ४ मंसिरमा हुने आमनिर्वाचनमा प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार बनेका साम्बाले जेब्रा चुनाव चिन्ह लिएर चुनावी घरदैलो अभियानमा निस्कीएको बताए ।

चुनावी अभियानमा चुलाचुली गाउँपालिका , माइनपाको वडा ६,७ र ८ मा माङसेबुङ गाउँपालिकामा चुनावी अभियान तीब्र रुपमा अघि बढाएको बताएका छन् । उनले भने ‘ स्वतन्त्र उम्मेदवार प्रति चुनावी घरदैलो अभियानमा जादा मतदाता जनताहरु सकारात्मक रहेको बताए ।,

साम्बाले भने नेपाल संघिय लोकतान्त्रीक गणतन्त्र स्थापित भएसंगै नेपाल सात प्रदेशमा संघीय ढाचाअनुरुप विभाजन भएको छ । छ वटा प्रदेशको नामकरण भइसक्दा पनि १ नम्बर प्रदेशको नामकरण हुन बाकी रहेकोले यदी मलाई यसक्षेत्रका मतदाताले जिताएर पठाए प्रदेशको नाम वहुपहिचानको आधारमा ‘किरात सगरमाथा’ प्रदेशको लागि प्रदेश सभा बैठकमा जोडका साथ कुरा उठाउने पनि बताए ।

त्यस्तै छोटो दुरीको रुपमा रहेको दमक चिसोपानी रवि फाल्गुनन्द मार्ग कालोपत्रे र सडक गुणस्तरहिन राम्रो काम हुन नसकेकोले जिताएर पठाए यस फाल्गुनन्द मार्गलाई पहिलो प्राथमिकतामा राखेर अघि बड्ने बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : २८ बजे