यस वर्ष यमदीपदान शनिबारदेखि सुरु भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ।
कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । विभिन्न मिष्ठान्न भोजन खुवाएर कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ ।
यसैगरी पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ ।
भोलि शनिबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको समितिको भनाइ छ । यसैगरी गाई, गोरु र नेवार समुदायको म्हपूजा मंगलबार गर्नुपर्ने भनिएको छ । सोमबार भने सूर्यग्रहण गरेको छ । यस वर्ष भाइटीका भने कात्तिक १० गते परेको छ ।