६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माइनगर – ७ त्रिबेणी वस्तीस्थित मुबेक्वा लाधुङसेमी सेवा सम्पन्न



इलामको माइनगरपालिका -७ त्रिवेणी वस्तीस्थित मुबेक्वा लाधुङसेमी  सेवा सम्पन्न भएको छ ।

शनिबार हाङसाम पा-मा वरक संरक्षण समितिको आयोजनामा आयोजित मुबेक्वा लाधुङसेमि सेवा सम्पन्न भएको आयोजक समितिले जानकारी दिए ।

आत्मानन्द मार्गबाट करिब दुई किलोमिटर भित्र ठेवाखोलादेखि एकसय मिटर पश्चिम उत्तर अवस्थित पा:मा वरक (पोखरी) रहेको छ। स्थानीयले यस पोखरीलाई पितामाताको प्रतीकको रूपमा पुज्ने गर्दछन्।

सो स्थानमा बर्षेनि किरात धर्मावलम्बीहरुले चासोक संगै मुबेक्वा लाधुङसेमि सेवा लगाउदै आईरहेका छन् । माईनगरपालिका – ७ त्रिवेणी वस्तीका किरात धर्मावलम्बीहरुको  बाक्लो उपस्थितिमा सेवा सम्पन्न भएको थियोे ।

पा-मा वरक आन्तरिक पर्यटकको रोजाइमा 

इलाम जिल्ला माईनगरपालिका – ७ त्रिवेणी अवस्थित रहेको पा- मा वरक प्राकृतिक सौर्न्दर्यले सु-सज्जित रहेको छ । यसक्षेत्रको विकास गरे धार्मिक माहिमा र घुम्न आउने आन्तरिक पर्यटकहरुको रोजाइको केन्द्र बन्ने थियोे ।                   

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ०५ बजे