४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

फाकफोकथुममा फाल्गुनन्द बिजेता



किरात समाचार : शुभदिपावलीको अवसरमा आयोजित खुल्ला नकआउट फुटबल प्रतियोगिताको बिजेता फाल्गुनन्द खेलकुद समितिले पिताम्बरी फुटबल क्लबलाई २-१ गोलअन्तरले बिजेता बनेको छ ।

फाकफोकथुम खेलकुद बिकास समितिको आयोजनामा भएको खेलमा पिताम्बरीले खेलको सुरुआती २२ औ मिनेटमा समयमा गोल गरेपछी फाल्गुनन्द आक्रमक खेल प्रस्तुत गर्दै जवाफमा अर्को गोल २७ औ मिनेटमा बराबरी गरेको थियो ।

यस्तै दोश्रो हाफमा फाल्गुनन्दले १२ औ मिनेटमा अर्को गोल गर्दै प्रतियोगिताको बिजेता बनेको थियो । प्रतियोगिताको बिजेताले नगद १ लाख ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले नगद ५० हजार ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गरेभने प्रतियोगितामा २० टिमको सहभागी भएको थियो।
सर्बाधिक गोल कर्ता चौबन्दी फुटबल क्लबका रुपेश लिम्बु, उत्कृष्ट गोलकिपर फाल्गुनन्दका चरी लिम्बू, उदयमान खेलाडी म्यागनेट लिम्बु, सर्बोकृष्ट खेलाडी फाल्गुनन्दका तारा फागोले प्राप्त गरेका छन ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ०० बजे