९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङ्वाले गरे किरात धर्मगुरुसंग भेटदर्शन



माङ्सेबुङ – आगामी ४ मंसिरमा हुने आमनिर्वाचनको लागि इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मनन्द सेइङसँग गुरु भेटदर्शन गरेका छन् ।

आइतबार इलामको माङ्सेबुङ – ५ लारुम्बा स्थित गुरुनिजि आश्रममा गुरु आत्मानन्द सेइङसंग राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङ्वाले भेट दर्शन गरेका छन् ।

चुनाव नजिकीदै गर्दा आफनो निर्वाचन क्षेत्रमा चुनावी अभियानको क्रममा पालुङ्वाले  किरात धर्मगुरुसंग गुरुभेटदर्शन गरेर आर्शिवाद लिएका छन् ।

इलाम क्षेत्र -२ मा पालुङ्वाले लोकतान्त्रिक  बाम गठबन्धनतर्फबाट नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बर खड्का र नेकपा एमालेका उपाध्यक्ष पूर्वसभामुख सुवासचन्द्र नेम्बाङसंग चुनावी प्रतिस्पर्धामा भिड्नेछन् ।

गुरुभेदर्शन कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले  शुभकामना मन्तव्य राखेका थिए ।

पालुङ्वाले भने ‘गुरुको आशिर्वाद प्राप्त गरेर प्रचारप्रसारमा हिड्दा सहज हुने बताउदै आफू ‘किरात सगरमाथा’को पक्षमा वकालत गरेर १ नम्बर प्रदेशलाई गुरुको आज्ञा अनुसारको काम गर्ने समेत प्रतिवद्धता जनाए ।’

कार्यक्रममा क्षेत्र – २ ‘ख’प्रदेश सभा सदस्य उम्मेदवार पबित्र तुम्बाहाङफे ,  क्षेत्र – १ ‘क’ प्रदेश सभा उम्मेदवार पदम नेम्बाङ ,पार्टीका वरिष्ठ उपाध्यक्ष कमला थापा, संघीय सदस्य केहरसिंह राना लगायतले गुरु दर्शन गरेका थिए । माङसेबुङ वडा नं. ५ का अध्यक्ष नरेन्द्रकुमार राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन भगीहाङ नेम्बाङ  रानीटारे साइलाले गरेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ३३ बजे