९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

इटा, बालुवा बोक्दै, जनताको दुःखमा सहानुभूति बाँड्दै : विक्रम फागो (भिडियो )



माङसेबुङ । चुनाव नजिकिएसँगै दलबल र सवारीका ताँतीका साथ उमेद्वार भोट माग्दै हिंडेको दृश्य गाउँ–शहरमा सामान्य बनेको छ । तर, इलाम क्षेत्र २ ख का स्वतन्त्र उमेद्वार विक्रम फागो (विनय फागो) हिजो एक स्थानीय बृद्धाको अन्त्येष्टिमा इटा र बालुवा बोकिरहेको भेटिए ।
टाउजर र एक पुरानो ज्याकेट र पाउमा एक पुरानो रबरको चप्पलमा भेटिए, उनी । फागोको अघि–पछि न त बहुबलीहरुको भीड, न त सवारीका ताँती छन् । उनी प्राय एक सहयोगीसँग मोटरसाइकलमा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छन् । धेरै ठाउँमा हिडेरै जनतासामू जाने र भोट माग्ने गरिरहेका देखिन्छन् ।
राजनीतिमा भड्किलो चुनाबले भ्रष्टचार र बेतीथि बढाउने हुनाले सस्तोमा चुनाव प्रचारको विधि अपनाएको फागोको मत छ । वर्षौदेखि जनताको सुख, दुःखमा साथ दिइरहेको र नेता जनताको सेवक बन्नुपर्ने फागोको मत रहेको छ । जनताको पहिचान स्थापित गर्न र लोक कल्याणका निम्ति आफूले सँधै काम गर्ने फागोका मत रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : २० बजे