२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

किरात धर्मगुरुबाट भीष्मराज आङ्देम्बे,जबेगु र श्रेष्ठले लिए आशीर्वाद



माङ्सेबुङ – आगामी ४ मंसिरमा हुने आमनिर्वाचनको लागि पाँचथर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मनन्द सेइङसँग गुरु भेटदर्शन गर्नुभएको छ ।

मंगलबार इलामको माङ्सेबुङ – ५ लारुम्बा स्थित गुरुनिजि आश्रममा गुरु आत्मानन्द सेइङ संग पाँचथर निर्वाचन क्षेत्र – १ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे सहित क्षेत्र – १ ‘क’ प्रदेश सभा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जबेगु , क्षेत्र – १ प्रदेश सभा ‘ख’ समानुपातिक उम्मेदवार मैया श्रेष्ठ लाओतीले गुरु भेटदर्शन गर्नुभएको हो ।

सो गुरु भेटदर्शनमा गुरु आत्मानन्द सेइङ्बाट आगामी मंसिर ४ को चुनावको उम्मेद्वार समेत रहेका भीष्मराज आङ्देम्बे ,कमल प्रसाद जबेगु र मैया श्रेष्ठले माङगेन्ना शिर उठाए । माङगेन्ना गरे शिर उचो हुने र शिर नढल्ने धार्मिक विश्वास रहेको छ ।

आङ्देम्बे पाँचथर क्षेत्र नम्बर १ बाट संघको प्रतिनिधिसभामा चुनाव लड्दैछन् । चुनाव नजिकीदै गर्दा आफनो निर्वाचन क्षेत्रमा चुनावी अभियानको क्रममा आङ्देम्बे सहित प्रदेश सभा उम्मेद्धार जबेगु र समानुपातिक उम्मेदवार श्रेष्ठले किरात धर्मगुरुसंग गुरुभेटदर्शन गरेर आर्शिवाद लिएका छन्  ।                               

पाँचथरमा प्रतिनिधि सभामा लोकतान्त्रिक बाम गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा एमालेका उम्मेदवार बसन्त कुमार  नेम्बाङसंग चुनावी प्रतिस्पर्धामा भिड्नेछन् ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : १८ बजे