१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

किरात धर्मगुरु आत्मानन्द ‘सेइङ’संग नेदरल्यान्डका अब्राहम कोहलले गरे भेटदर्शन



माङ्सेबुङ – किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ संग नेदरल्यान्ड निवासी आब्रहम कोहलले भेटदर्शन गरेका छन् ।

मंगलबार बिहानको ८:३० बजे माङ्सेबुङ – ५ अवस्थित गुरु निजीआश्रम दर्शानलयमा अङ्सीमाङ आत्मानन्द ‘सेइङ’संग  अब्राहम कोहल सहित सन्तोष रामापहेली, र सुर्य शाहले गुरु भेटदर्शन गरेको थियोे ।

उक्त गुरु भेटदर्शनमा आगामी मंसिर १८ गतेको गुरुजन्मोत्सव कार्यक्रममा निमन्त्रणा , किरात धर्म, विश्वशान्ती मानव एकता, रुस र  युक्रेनको युद्धले निम्त्याउन सक्ने विकराल स्थिती बारे  विविध विषयमा  गुरु आत्मानन्द सेइङ संग कोहलले एक घण्टा लामो कुराकानी गर्नुभएको थियोे ।

उक्त कुराकानीमा किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले बिश्व शान्ति मानव एकताले मात्रै शान्ति कायम हुने बताउनु भयो ।

त्यस्तै गुरु भेटदर्शन कार्यक्रममा किरात चोत्लुङ अङ्सिमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङ, किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिङ थेगिम, गुरु निजि कृषि समिती सचीव उदय विक्रम तुम्बापो , माङगेन्ना समिति सदस्य पुर्ण कार्की , ललितचन्द्र फियाक लगायतको उपस्थिति रहेको थियो । उक्त औपचारिक कार्यक्रम भगिहाङ नेम्बाङले गरेका थिए ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : २१ बजे