१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

फुल्दै गरेको दाल पहेलिदै मर्न थालेपछि माङ्सेबुङका किसान चिन्तितमा



माङ्सेबुङ – दालमा कोषा लाग्नुपर्ने रोग लागेपछी माङ्सेबुङका किसान चिन्तितमा देखिन्छन् । पाखाबारीमा लगाएको दाल फुल्ने बेलामा पहेलिदै मर्न थालेपछि माङ्सेबुङका किसानहरु चिन्तित भएको हो।

माङसेबुङ -५ दाङमक्लाका देवी राइले लगाएको दाल पहेलो हुदै मर्न थालेको छ। किराका कारण मकैको उत्पादन साविक भन्दा कम भएको पीडा व्यहोरेकी देवी राई आफुले लगाएको दाल पहेलिदै मर्न थालेपछी चिन्तित भएकी छिन् ।

राईले भनिन् ‘यसअघि दाल पहेलीएर मरेको देखेको थिइन् । सिचाइ नभएका भिरालो जमिनमा मात्र होइन ओसिलो भएको खेतबारीमा समेत फुल्दै गरेको दाल मरेको छ । हालसम्म कुनै बालिमा पनि रसायनिक मल प्रयोग गरेको छैनौं ।’ उनले भनिन् घरैमा बनाइएको प्रङगारिक मल गोबर र पिसाबको भरमा राम्रो उत्पादन हुन्थ्यो ।’

पछिल्लो केही बर्षयता बालिमा हुने रोगको संक्रमणको कारण देवी राई जस्तै गाउँभरिका किसान मर्कामा परेका छन। माङसेबुङ -३ का दिलकुमार केरुङको पनि समस्य उस्तै छ। यसअघि माङसेबुङमा फलेको पहेली दाल नेपालमा मात्रै होइन हङकङ, युके, अमेरिका सम्म पठाइने गरिन्थ्यो।

उनले भने ‘ बर्षेनी पहेली दालको माग बढिरहन्दा यसपाली फुल्दै गरेको दाल पहेलीदै मर्न थालेपछी किसानहरु चिन्तित भएका छन। यहाँका किसानहरुको दाल मुख्य आयस्रोत हो। किसानहरुले दाल बेचेको पैसाले छोराछोरिको पढाईमा खर्च गर्थे कसैले सुनचादी,लताकपडा, खरिद गर्थे कसैले पहाडबाट ल्याएका आलुसंग साटसाट गर्थे भने धेरै उत्पादन गर्नेले पैसा थपेर जग्गा जोडजाम गर्थे। यसपाली रोगको कारण किसान चिन्तित देखिन्छन्।’

कृषि प्राबिधिक निरुपा राई भन्नूहुन्छ ‘ छिटै जानकारी नभएको कारण रोग नियन्त्रण गरेपनी दालले फल नदिने बताइन् । सालिन्दा एकै ठाउँमा एकनासे बालि लगाएका कारण माटोमा अम्लियपन बढेमा यस्ता समस्या देखिने र चाडै अनुगमनमा आउने बताइन् ।’

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रेहाङ भन्नुहुन्छ ‘ कृषि क्षेत्रमा विशेष ध्यान केन्द्रित गरिएको छ। कृषि प्राबिधिक सेवासंगै विभिन्न शिर्षकमा माङसेबुङमा राम्रो उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने व्यवस्था गरिएको बताए ।’ कृषि बाली ग्रसित क्षेत्रमा तत्कालै कृषि प्राविधिकहरू पठाउने र आगामी दिनहरुमा कृषि बालिमा यस्ता विभिन्न रोग, किराहरु बाट बच्ने उपायहरू अपनाउने र नियन्त्रण गर्न आवश्यक औषधीको व्यवस्था गर्ने बताएका छन् ।

यस रोगको बारेमा किसान अनविज्ञ छन। सुरुमा दालको टुप्पोमा पहेलो हुने ओइलिने सुक्ने र एक ठाउँबाट अर्को ठाँउमा क्रमश दाल पहेँलो हुदै मर्ने गर्दछ कुनै -कुनै पहेलो दालको टुप्पो पातमा मकैमा भएजस्तो धरके किरा भेटिएको छ। दालको फेदमा भने कुनै समस्या छैन । किसानका अनुसार कृषि सेवा केन्द्र टाढा भएका कारण हालसम्म कुनै कृषि प्राबिधिकसंग परामर्श नलिएको र दाल बारीमा कुनै रसायनिक मल विषादीको प्रयोग नगरेको र, कृषि खेती गर्न कृषि प्राबिधिक ज्ञानको आवश्यक भएको किसानहरु बताउँछन

 

 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ५ : ०२ बजे