२६ असार २०८२, बिहिबार | Fri Jul 11 2025

मोरङ – १ मा मञ्चबाट हर्कमान सम्बाहाम्फे, एमाले र गठबन्धनलाई चुनौती



इलाम – मोरङ क्षेत्र नम्बर १ बाट आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका नेपाली कांग्रेसका डिगबहादुर चेम्जोङ र नेकपा एमालेको घनश्याम खतीवडा र  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार हर्कमान  सम्बाहाम्फेको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

को हुन हर्कमान सम्बाहाम्फे ?

हर्कमान सम्बाहाम्फे आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । उनले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

वि.स २०४९ सालमा जनमुक्ति पार्टीमा रहेर हर्कमान राजनीतिमा होमिए । एकदशक लामो समय जनमुक्तिमा रहेर सक्रिय राजनीति गरे । वि.स ०६३ सालपछि भने हर्कमान सम्बाहाम्फेले जनमुक्ति पार्टी छोडेर संघीय लिम्बुवान मञ्चमा प्रवेश गरे । एकदशक मञ्चको मोरङ जिल्ला सदस्यमा रहेर पार्टीमा काम गरे । हाल पार्टीको केन्द्रीय पहिचान सदस्यमा रहेर राजनीतिमा क्रियाशील रहेका छन् ।

मोरङ जिल्ला साबिक टाडि ४ डाङ्डुङ्गेलाई कर्मथलो बनाएर समाजिक,सास्कृतिक,धार्मिक, राजनीतिक रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेका सम्बाहाम्फे एक चिरपरिचित व्यक्तित्व हुन् ।

 

राजनीति तथा सामाजिक सेवामा सक्रिय हर्कमान सम्बाहाम्फे उम्मेदवारीलाई मोरङ जिल्लाको उत्तरी क्षेत्रका स्थानियले चासोको रुपमा हेरिरहेको छ ।

मोरङको समग्र विकासको लागि मेरो उम्मेदवारी  – सम्बाहाम्फे 

मोरङ क्षेत्र नम्बर १ को समग्र विकासको लागि हर्कमान सम्बाहाम्फेले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको बताए ।

पटकपटक यसक्षेत्रबाट चुनाव जीतेर गएका नेपालि कांग्रेस ,नेकपा एमाले नेताहरुले सांसदको भूमिकामा रहेर पनि गतिलो काम नगरेको आरोप लगाए ।’ उनले भने , ‘ आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेर गएको सांसदले के के भूमिका खेल्नु पर्ने हो, आफ्नो क्षेत्रको विकास निर्माण के के पहल गर्नुपर्ने हो,त्यो कुरा अरु पार्टीका नेताले चुनाव जीतेर गए बिर्सिने बताउदै आफु यसैक्षेत्रको भएकोले आफुलाई जिताए क्षेत्र नम्बर १ को समग्र विकासमा ध्यान दिएर लागि पर्ने बताइएको छ ।’

अरु नेताजस्तो चुनावी अभियानमा पुलपुलेसा बाटो ,सडक ,विजुलि आदि हुन्छ भनेर जनतालाई झुटो भ्रमको आश्वासन नबाड्ने बताए । आफुलाई यहाँका जनताले जिताएर पठाए सदनमा आफ्नो क्षेत्रको रणनीतिक योजनाहरू पहल गर्ने, शिक्षा, स्वास्थ्य,रोजगार र खानेपानी क्षेत्रमा कस्ता योजनाहरू ल्याउन पार्टी भन्दा व्याक्ति हेरेर आफुलाई मतदान गरेर जिताउन अपिल समेत गरे । ‘

संघीय सहअस्तित्व समाज निर्माणको अभियानमा रहेको बताउदै हर्कमान सम्बाहाम्फेले भने, ‘ नेपाली समाज अब सह अस्तित्वबादले मात्रै एकतामा जोड्न सक्ने बताए ।’

मोरङ १ मा त्रिपक्षीय भिडन्त

मोरङ क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपालि काँग्रेसका डिगबहादुर चेम्जोङ र नेकपा एमाले नेता घनश्याम खतिवडा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको हर्कमान सम्बाहाम्फेविच मुख्य चुनावी भिडन्त हुने भएको छ ।

सम्बाहाम्फे मोरङ क्षेत्र नम्बर १ बाट मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य आमनिर्वाचनमा पहिलोपटक चुनाव लड्दैछन । उनको प्रतिद्वन्दीको रूपमा लोकतान्त्रिक बाम गठबन्धनका चेम्जोङ र एमालेका खतिवडा रहेका छन् ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा खतिवडा चेम्जोङसंग पराजित भएका थिए । त्यस्तै २०७४ को निर्वाचनमा चेम्जोङ खतिवडा संग पराजित भएका थिए ।

मोरङ क्षेत्र १ मा को को छन् चुनावी मैदानमा ?

लोकतान्त्रिक बाम गठबन्धनका डिगबहादुर चेम्जोङ र नेकपा एमाले का घनश्याम खतिवडाको मुख्य चुनावी प्रतिस्पर्धा हुनेछ । त्यस्तै राप्रपाबाट होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी प्रसाद कवा, हाम्रो नेपाली पार्टीका राजेन्द्र प्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट सुरज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्वाहाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ रहेका छन् ।यस्तै सो क्षेत्रबाट ५ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

क्षेत्र नं १ मा दुई नगरपालिका र दुई गाउँपालिका रहेको छ । उर्लाबारी नगरपालिका, लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका रहेका छन् ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : ५० बजे