१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

संघले फाल्गुनन्द सभागृहको नाम परिवर्तनको विरुद्ध दमक नगर प्रमुख थापालाई बुझाए ज्ञापनपत्र



दमक । फाल्गुनन्द सभागृहको नाम परिवर्तन गरी दमक सभागृह बनाइएकोले सच्याउन माग गर्दै किरात धार्मिक संस्था किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिले दमक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमको संयोजनमा गएको किरात धर्मावलम्बीहरुको टोलीले दमक नगरपालिकाका मेयर रामकुमार थापालाई भेटेर ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।

संघका अध्यक्ष थेगिमका अनुसार मेयर थापाले दमक सभागृहलाई सच्याएर फाल्गुनन्द सभागृह बनाउने प्रतिबद्धता जनाएका छन् । मेयर थापाले चाडै नगर कार्यपालिकाको बैठक आयोजना गरी सच्याउने आश्वासन दिएका हुन् ।

बुधबार नगरपालिकामा बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘राज्यबाट सम्मानित एक राष्ट्रिय विभूति, महान समाज सुधारक, सिद्धात्मा युगपुरूषको नामबाट शिलान्यास भई निर्माण भएको सभागृहको नाम यस दमक नपाको गत असोज ७ गते शुक्रबार बसेको कार्यपालिकाको बैठकको निर्णय न ४ मा दमक सभाहलको नाममा निर्माण कार्य सम्पन्न भैसकेको हुँदा नाममा परिवर्तन गर्न आवश्यक नदेखिएको ब्यहोरा जानकारी गराउने भन्ने निर्णय प्रति किरात धर्मगुरू आत्मानन्द लिङ्देनज्यूको गम्भीर ध्यानाकर्षण हुनुका साथै हामी विश्वभरी छरिएर रहेका महागुरू फाल्गुनन्दका भक्त अनुयायीहरूमा गहिरो भावनात्मक चोट पुगेको छ र यस निर्णय उपर हाम्रो घोर आपत्ति छ ।’

यसरीनै वि.स. २०७३ साल जेठ २८ गतेका दिन दमक नगरपालिकाको आयोजनामा नेकपा एमाले सरकारमा भएकै बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य, सभामुख सुबासचन्द्र नेम्बाङको विशेष आतिथ्य र किरात धर्मगुरु आत्मानन्द लिङ्देन र धर्मगुरूआमा साँबा पवित्रहाङमा लिङ्देनहरुको समुपस्थितिमा दमक न.पा. वडा न ९ मा राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको नामबाट फाल्गुनन्द सभागृह निर्माण गर्ने भनि शिलान्यास गरिएको, यसका लागि यथेष्ट प्रमाण कागजात यथावत सुरक्षित रहेको अवस्थामा हाल ठेकेदार निर्माण कम्पनीले परिवर्तित नाम ‘दमक सभागृह नामबाट निर्माण कार्य सम्पन्न गरिसकेको कुरा सुन्नमा आएको ज्ञापन पत्रमा लेखिएको छ ।

ज्ञापन पत्रमा थप भनिएको छ ‘तत्काल नगर कार्यपालिकाको बैठक बसी सघीयता, लोकतन्त्र समाबेशी र धर्म निरपेक्ष राष्ट्र नेपालको संविधानको मूल मर्मलाई आत्मसात गर्दै उक्त निर्णय १५ दिनभित्र सच्याई यथावत फाल्गुनन्द सभागृह कायम गरियोस् अन्यथा हामी सत्य, अहिंसा र शान्तिवादी महागुरू फाल्गुनन्दका धर्मप्रेमी अनुयायीहरू चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौ र यसबाट हुने परिणाम सम्बन्धित निकाय नै जिम्मेवार हुनुपर्ने छ ।’                                                    ज्ञापनपत्रमा यस्तो लेखिएको छ                                     

श्रीमान नगर प्रमुखज्यू,

दमक नगरपालिका कार्यालय झापा

विषय ज्ञापनपत्र बारेमा

उक्त सम्बन्धमा वि.स २०६६ साल मंसिर १६ गतेका दिन तत्कालीन नेकपा एमाले सरकारका प्रधानमन्त्री माणवकुमार नेपालको पालामा महागुरू फाल्गुनन्दले पुयाउनु भएको योगदानलाई कदर गर्दै नेपालको १६ औ राष्ट्रिय विभूति घोषणा गरिएको कुरा श्रीमान नगर प्रमुखज्यूलाई स्मरण गराउन चाहन्छौ। त्यसको ठिक ७ वर्ष पछि अर्थात बिस २०७३ साल जेठ २८ गतेका दिन दमक नगरपालिकाको आयोजनामा नेकपा एमाले सरकारमा भएकै बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य, सभामुख सुवासचन्द्र नेम्वाहको विशेष आतिथ्य रहेको र पुजनीय किरात धगुरु आत्मानन्द लिन र धर्मगुरूआमा साँवा पवित्रहाङमा निज्यूहरू समेतको समुपस्थितिमा एक भव्य कार्यक्रमको आयोजना गरी यसै दमक नपा वडा नं ९ मा राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको नामबाट फाल्गुनन्द सभागृह नामाकन गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ती शिलान्यास कार्यक्रम सम्पन्न भएको धियो का लागि यथेष्ट प्रमाण कागजात यथावत सुरक्षित छन् । हालै ठेकेदार निर्माण कम्पनीले परिवर्तित नाम दमक सभागृह नामबाट निर्माणकार्य सम्पन्न गरिसकेको कुरा सुन्नमा आएको छ राज्यबाट सम्मानित एक राष्ट्रिय विभूति महान समाजसुधारकात्मा युगपुरूषको नामबाट शिलान्यास भई निर्माण भएको सभागृहको नाम यस दमक नपाको गत असोज ७ गते शुक्रवार बसेको कार्यपालिकाको बैठकको निर्णय नं. ४ मा यमक सभाहलको नाममा निर्माणकार्य सम्पन्न भैसकेको हुँदा नाममा परिवर्तन गर्न आवश्यक नदेखिएको व्यहोरा जानकारी गराउने भन्ने निर्णय प्रति किरात धर्मगुरू आत्मानन्द लिङ्देनको गम्भीर ध्यानाकर्षण हुनुका साथै हामी विश्वभरी छरिएर रहेका महागुरू फाल्गुनन्दका भक्त अनुयायीहरूमा गहिरो भावनात्मक चोट पुगेको छ र यस निर्णय उपर हाम्रो घोर आपत्ति छ तसर्थ तत्काल नगर कार्यपालिकाको बैठक बसी संघीयता, लोकतन्त्र समावेशी र धर्म निरपेक्ष राष्ट्र नेपालको संविधानको मूल मर्मलाई गर्दै उक्त निर्णय १५ दिनभित्र सच्याई यथावत फाल्गुनन्द सभागृह कायम गरियोस् अन्यथा हामी सत्य, अहिंसा र शान्तिवादी महागुरू फाल्गुनन्दका धर्मप्रेमी अनुयायीहरू चरणवद्ध आन्दोलन गर्न बाध्य हुनेछौ र यसबाट हुने परिणाम सम्बन्धित निकाय नै जिम्मेबार हुनुपर्ने कुराको अवगत गराउंदै उक्त सभागृहको शिलान्यासको समयमा खिचिएका फोटाहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चढाइएको अभिनन्दन तथा अन्य कागजात सबुत प्रमाण सहित यसैमा संलग्न गोपनपत्र बुझाउँदछौ।

फाल्गुनन्द सभागृह – कायम गर !                              धार्मिक सहिष्णुता – कायम गर !

दमक सभागृह – रद्ध गर      !                                    राष्ट्रिय विभूतिको – सम्मान गर  !
महागुरू फाल्गुनन्द -अमर रहुन् !                                         

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : ४० बजे