१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

खर्पन बोकेको मान्छे चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार जुनु माखिम चुनावी प्रचारमा



किरात समाचार – प्रतिनिधि सभा निर्वाचन ४ मंसिर नजिकिदै गर्दा इलाम क्षेत्र नम्बर २ मा खर्पन बोकेको मान्छे सहितको चुनावी चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएकी जुनुकुमारी माखिम लिम्बूले चुनावी अभियान तीब्र बनाएकी छन् ।             

माखिमले इलाम सदरमुकाममा बुधबार तिकेनी चोकदेखि बजारमा चुनावी अभियान तथा भेटघाट गरेको बताएकी छिन् । आजबाट आफ्नो चुनावी प्रचार अभियान थाल्ने माखिमले बताइन् । माखिमले भनिन् , ‘ चुनावी अभियानको क्रममा इलाम क्षेत्र नं. २ का जनताहरु स्वतन्त्र उम्मेदवार प्रति धेरै आशावादी उत्साहजनक रहेको बताइन् ।’                             

माखिम चुनावी प्रचार कार्यक्रम लिएर बिहिवार (आज ) इलामको नेपालटार ,फाकथोकथुम गाउपालिकामा चुनावी प्रचारप्रसार घरदैलो अभियान कार्यक्रम रहेको जानकारी दिइन्।

को हुन जुनु माखिम ?

माखिमले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार बनेका छन् । नेपाली कांग्रेस पार्टीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेकी हुन् ।

डेढ दशक अगाडि नेपाली कांग्रेस इलाम जिल्लामा रहेर जुनु कुमारी माखिम राजनीतिमा होमिएकी हुन् । नेपाली कांग्रेस महिला संगठन माङ्सेबुङ पुर्वअध्यक्ष र १३ औ क्षेत्रीय प्रतिनिधि र १४ औ महाधिवेशन प्रतिनिधिको रूपमा रहेर राजनीतिमा क्रियाशील रहेकी थिइन् ।

जिल्लामा महिला नेतृको रूपमा परिचीत माखिम प्रदेश सभामा इलाम क्षेत्र नम्बर २ बाट समानुपातिकमा सिफारिस भएकी थिइन् । तर, बन्दसूचीमा नाम समावेश नगरिएपछि उनि पार्टीप्रति असन्तुष्ट जनाउदै माखिमले असोज २२ गते पार्टी परित्याग गरेकी छन् ।

वि.स २०६१ सालमा किरात साम्यो थामेन्दिङमा पान्जुम्भो संगठनमा आवद्ध भइन । सामाजिक धार्मिक संघसंस्थामा रहेर राम्रै छवि बनाएकी माखिम वि.स २०६३ सालको अधिबेशनबाट धार्मिक संगठन थामेन्दिङमा पान्जुभोको उपाध्यक्षमा निर्वाचित भइन । त्यसैगरी ०६५ – ०७० गरी दुईकार्यकाल सम्म अध्यक्षको जिम्मेवारी सम्हालिन ।

राजनीति तथा सामाजिक सेवामा सक्रिय माखिम जिल्लामै चिरपरिचित छिन् । दर्जनौं संघसस्थामा आवद्ध रहेर आफ्नो कार्यकौशल देखाईसकेकी छिन् । जिल्लाको पश्चिम दक्षिणी क्षेत्र विकास निर्माणबाट पछि परेको क्षेत्रबाट माखिमको उम्मेदवारीलाई स्थानियले चासोको रुपमा हेरिरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ३ : ४२ बजे