७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

चतुरे गोलकपको उपाधि आयोजकले जित्यो



माङसेबुङ – इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा संचालित चतुरे गोलकप शुक्रबार आज भएको फाइनलमा पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ लाई २–० गोल अन्तरले  हराउंदै आयोजक टिमले उपाधि जितेको छ ।

उपाधिका लागि आयोजकका प्रविण राइले खेलको १३ औं मिनेटमानै हेडमार्फत पहिलो गोल गरि टिमलाई अग्रता दिलाएका राइले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरी २–० को जित दिलाएका थिए ।

जितसगै आयोजक टिम माङसेबुङ–३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले नगद ५० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता चिबुवाले नगद ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

शुभदिपावलि २०७९ को  अवसरमा ‘माङसेबुङ–३ चतुरे गोल्डकप’ फुटबल प्रतियोगिता आयोजक समितिले ६ कात्तिकदेखि संचालन गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : ५२ बजे