१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

प्रथम अठासी गोल्डकप : एस.एफ.सी माङ्सेबुङ सेमिफाइनलमा प्रवेश



किरात समाचार – प्रथम अठासी गोल्डकपको सेमिफाइनलमा एस.एफ.सी माङ्सेबुङ प्रवेश गरेको छ । लक्ष्मिडाप स्पोर्टिङ युथ क्लब अर्जुनधारा झापालाई ४-० गोल अन्तरले पराजित गर्दै माङ्सेबुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार माङ्सेबुङ ५ मझुवास्थित प्रस्तावित आत्मानन्द रंगशालामा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३८ औ जन्मजयन्तीको अवसरमा नाम्बिन लालिगुरास क्लबद्वारा आयोजित अठासी गोल्डकपको आजको अन्तिम क्वाटरफाइनल खेलमा एस. एफ. सी माङ्सेबुङले लक्ष्मीडाप अर्जुनधारा युथ क्लबलाई पराजित गरेको थियो ।

अठासी गोल्डकप प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ रुपैया पाउनेछन् ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : १८ बजे