७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अठासी गोल्डकप : भोलि एम.एफ.सी महमाई र अठासी ११ सेतो सेमिफाइनलमा भिड्दै



किरात समाचार – इलामको माङसेबुङ – ५ मझुवास्थित  प्रस्तावित आत्मानन्द रंगशाला खेलमैदानमा प्रथम अठासी गोल्डकप २०७९ को बुधबार भोलि हुने खेलमा अठासी ११ सेतो र एम.एफ.सी महमाईवीच सेमिफाइनल खेल हुने भएको छ ।

नाम्बिन लालीगुँरास युवा क्लव नेनेदेन माङसेबुङ, इलामको आयोजनामा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा माङ्सेबुङको मझुवास्थित प्रस्तावित आत्मानन्द खेलमैदानमा भोलि बुधबार अठासी ११ सेतो र एम.एस.सी.माई इलाम बीच प्रतिस्पर्धा हुदैंछ ।

प्रतियोगितामा रेडक्रस सोसाईटी उपशाखा माङसेबुङ, एम.एस.सी.माई ६, इलाम, चियावारी एफ.सी. माई ३, इलाम, अठासी ११ सेतो, युनाइटेड एफ.सी. इलाम, एस.एफ.सी. इलाम, युनाइटेड सिम्ले कमाल गा.पा. इलाम, लक्ष्मीडाट स्पोर्टिङक्लव अर्जुनधारा झापा, आयोजक रातो, चुलाचुली एप.सी. इलाम र एस। वाई. सी. सैनिक झापा गरि १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ मा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

लालीगुँरास युवा क्लवका अध्यक्ष गजेन्द्र योङ्हाङले प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

अनुमानित ९ लाख खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५ सय ५१ तोकिएको योङ्हाङले बताए । प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुनेछ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : ०९ बजे