२ असार २०८१, शनिबार | Sat Jun 15 2024

ताप्लेजुङमा माङ सवार हुदै



किरात समाचारः किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन ताप्लेजुङ माङसवार हुने भएको छ ।

शुक्रबार (भोलि) ताप्लेजुङ स्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औ जन्मजयन्ती समारोह कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन माङसवार हुनेभएको हो ।

सो कार्यक्रम १ नम्बर प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्य र माननीय प्रताप प्रकाश हाङगम लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम हुने आयोजकले जानकारी दिए।

राष्ट्रिय महागुरु १३८ औ जन्मजयन्ती मूल समारोहको आयोजनामा हुन गईरहेको कार्यक्रममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन प्रतिमा अनावरण (तोक्मेडाडा) ,किरात हाङ्साम माङ्हिम उद्घाटन (काहुले) माङसेवासाबा जिल्ला समितिको भवन उद्घाटन गर्न किरात धर्मगुरु दम्पति सो स्थानमा जाने भएको हो ।

सो कार्यक्रम १ नम्बर प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्य र माननीय प्रताप प्रकाश हाङगम लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम हुने आयोजकले जनाइएको छ ।

समारोह कार्यक्रममा धर्मगुरुबाट आर्शिबचन र साँझ घरघरमा तथा महागुरुको सालिक वरिपरि दीपावलीको कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : १८ बजे