किरात समाचार । बिसौ शताब्दीका महान समाज सुधार,किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्ती केन्द्रीय समारोह कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिको अध्यक्ष कर्ण पालुङ्वाले बताएका छन् ।
ताप्लेजुङको फुङ्लिङ बजारमा कात्तिक २५ गते शुक्रबार भोलि महागुरु फाल्गुनन्द १३८ औ जन्मजयन्तीको अवसरमा आयोजित केन्द्रीय समारोह कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष पालुङ्वाले जनाइएको छ । कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन हवाई मार्गमार्फत देव सवार हुने किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवा अध्यक्ष केहेरसिंह योङहाङले जानकारी दिए ।
सो समारोह कार्यक्रम १ नम्बर प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्य साथै माननीय प्रताप प्रकाश हाङगम लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम हुने आयोजक समितिले बताए ।
यसैगरी किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ गुरुआमा साबा पबित्रहाङमा लिङ्देनद्वारा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन प्रतिमा अनावरण (तोक्मेडाडा) ,किरात हाङ्साम माङ्हिम उद्घाटन (काहुले) माङसेवासाबा जिल्ला समितिको भवन अवलोकन कार्यक्रम रहेको छ । त्यस्तै शक्तिपिठ मुक्कुमलुङ युमा माङ्हिममा अङ्सीमाङ अङ्सीमामाङद्वारा मुक्कुमलुङमा सेवा गर्ने कार्यक्रम रहेको माङ्हिमका अध्यक्ष सुरेश फुरुम्बोले किरात समाचारलाई जानकारी दिए ।