१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

गुरुनिजी आश्रम किरात धर्मगुरुबाट आशीर्वचन प्रदान हुने



किरात समाचार । किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा भोलि कात्तिक २५ गते शुक्रबार किरात धर्मगुरु निजी आश्रममा विशेष धार्मिक कार्यक्रम हुने भएको छ।

किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङमहागुरु फाल्गुनन्द लिङ्देन १३८औं जन्मजयन्तीको अवसरमा गुरुनिजि आश्रममा कार्यक्रम हुने भएको हो ।

ताप्लेजुङको केन्द्रीय समारोह कार्यक्रम समापन पश्चात अङ्सीमाङ तथा अङ्सीमामाङहरुको गुरुनिजि आश्रम फिर्तीसवार हुनेछ । सोहि अवसरमा गुरुनिजि आश्रममा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ बाट अमृतमय आशीर्वचन प्रदान हुने कृषि समिति सचीव उदयविक्रम तुम्बापोले बताए ।

किरात धर्मगुरु गुरुआमाको स्वागतार्थ गुरुनिजि आश्रममा १३८ वटा तामाको गाग्री र महागुरु फाल्गुनन्दको सम्झना र सम्मानमा १ हजार ८ दीप प्रज्वलन, विश्व शान्ति तथा मानव एकताको लागि महाबत्ती बालिनुको साथै जलपान कार्यक्रमपछि नाहेन लाङ हुने कृषि समितिका सचिव तुम्बापोले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ६ : २० बजे