१८ जेष्ठ २०८३, सोमबार | Tue Jun 2 2026

प्रथम अठासी गोल्डकप: अठासी ११ र एस.एफ.सी माङ्सेबुङबिच प्रतिस्पर्धा



किरात समाचार । प्रस्तावित आत्मानन्द रंगशाला खेलमैदानमा प्रथम अठासी गोल्डकपको फाइनल खेल शुक्रबार आज अठासी ११ सेतो र एस .एफ.सी माङ्सेबुङबिच प्रतिस्पर्धा हुने भएको छ ।

नाम्बिन लालीगुँरास युवा क्लवको आयोजनामा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा माङ्सेबुङको मझुवास्थित प्रस्तावित आत्मानन्द खेलमैदानमा अठासी ११ सेतो र एफ.एस.सी.माङ्सेबुङबिच फाइनलखेल हुने अठासी गोल्डकप प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजिन्द्र योङहाङले बताए ।

अठासी गोल्डकप प्रतियोगितामा रेडक्रस सोसाईटी उपशाखा माङसेबुङ, एम.एस.सी.माई ६, इलाम, चियावारी एफ.सी. माई ३, इलाम, अठासी ११ सेतो, युनाइटेड एफ.सी. इलाम, एस.एफ.सी. इलाम, युनाइटेड सिम्ले कमाल गा.पा. इलाम, लक्ष्मीडाट स्पोर्टिङक्लव अर्जुनधारा झापा, आयोजक रातो, चुलाचुली एप.सी. इलाम र एस। वाई. सी. सैनिक झापा गरि १२ टिमको सहभागिता रहेको थियोे ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै प्रचारप्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले अठासी गोल्डकप प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष योङ्हाङले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ३ : १३ बजे